ईलाका प्रशासन बुर्तिवाङमा नवागत प्रमुख सुवेदीको कर्मचारी मिलन केन्द्रद्धारा स्वागत !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ फागुन २७ । इलाका प्रशासन कार्यालय बुर्तिबाङको प्रमुखमा सरुवा भै आाएका अमृत सुवेदीलाई आज कर्मचारी मिलन केन्द्र बुर्तिबाङले एक कार्यक्रमका विच स्वागत गरेको छ ।

जिल्ला प्रशाशन कार्यालय रौतहट, हुँदै विभिन्न ७ स्थानमा सेवा प्रवाह गरेर बुर्तिबाङ सरुवा भै आएक सुवेदीले आफु शासकको रुपमा नभई सबै सँग समन्वय र सम्बाद गर्दे आफुलाई प्रत्यायोजित अधिकारलाई प्रयोग गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । इलाका प्रशासन कार्यालयले आफनो अधिकार क्षेत्र भित्र रहेका कार्यलाई सहज रुपले सम्पादन गर्ने र अन्य समस्या भएमा जिल्ला प्रशासन सँग जानकारी गराएर अगाडी बढने उनको भनाई थियो ।

स्वागत कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङ्गका निवर्तमान प्रमुख नन्दराम भुसाल, इलाका प्रहरी कर्यालय बुर्तिबाङ्गका प्रमुख ओमप्रकाश यादव, बुर्तिबाङ्ग स्थित विभिन्न वित्तिय सँघस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार, विभिन्न संघसँस्थाका प्रतिनिधीको आतिथ्यता रहेको थियो ।

कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष सोकेन्द्र थापाको अध्यक्षता, आर्युवेद औषधालय बुर्तिबाङ्गका प्रमुख हरिलाल खनालको स्वागत र सचिव अर्जुन सर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्मरणिय छ निवर्तमान प्रशासक नन्दराम भुसालको ढोरपाटन नगरपालिकामा सरुवा भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.