पञ्चकोट आफुले सुनेको भन्दा राम्रो, यसको विकासको लागि सरकारको ध्यान जानु पर्छ – देउवा

कृष्ण प्रसाद सापकोटा, बागलुङ २०७५ फागुन २७ । पुर्व प्रधानममंत्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रवक्ता विश्वप्रकाश शर्मा सहितका नेताहरुले बागलुङ नगरपालिका-६ मा रहेको सर्वसिद्धधाम पञ्चकोटको दर्शन तथा पञ्चकोट क्षेत्रको अवलोकन गरेका छन ।

सोमबार विहान पञ्चकोट पुगेका देउवाले आफुले सुनेको भन्दा यो क्षेत्र धेरै सुन्दर रहेको प्रतिक्रिया दिए । पञ्चकोट क्षेत्रलाई धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसको विकासको लागि सरकारको ध्यान जानु पर्ने वताए । आफुहरु अहिले सरकार बाहिर रहेको जनाउदै सरकारमा गएपछि यो क्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

पञ्चकोट परिवारले राखेकोको स्वागत कार्यक्रममा पञ्चकोटका उपाध्यक्ष एवं बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष खिमराज सापकोटाले यस क्षेत्रको परिचय साथै यहाँ बन्न लागेका संरचना तिनको लागत र अहिले सम्मको आर्थिक अवस्था बारेमा जानाकारी गराएका थिए ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्यको अगुवाइमा हालसम्म पञ्चकोटमा निर्माण सम्पन्न भएका संरचनाहरूका लागि १४ करोड रुपैयाँ खर्च भएको छ । अहिले गौशाला, अतिथि गृह, गरुडशिला, हनुमानको मूर्ति, गणेश मन्दिर लगायतका संरचना निर्माण भइसकेका छन् । १ सय २८ फिट अग्लो विश्वशान्ति कलश निर्माणका लागि झण्डै २ सय करोड आवश्यक पर्ने जनाईएको छ ।

कार्यक्रमको संचालन पञ्चकोटका सचिव गुरुप्रसाद सापकोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *