खर्वाङमा अधिकारी द्वयको स्मृतिमा श्रद्धाञ्जली सम्पन्न !

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ फागुन २६ । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड संयन्त्रको आयोजनामा बडिगाड गाउँपालिका २, खर्वाङमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको स्मृतिमा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य प्रेम खरेल र सुनिल शेरचनले तत्कालीन एमालेका नेता समेत रहेका द्वय अधिकारीले देश र पार्टीको लागि खेलेको भूमिकाको चर्चा गरेका थिए

कार्यक्रमममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका वडीगाड संयन्त्र सदस्य तिर्थमणि भुसालको अध्यक्षता तथा संयन्त्र सदस्य विना थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *