घुम्टे युवा परिवारद्वारा परम्परागत होली मेलाको तयारी तीव्र !

बागलुङ २०७५ फागुन २६ । सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्मले परम्परागत होली मेलाको तयारी तीव्र पारेको छ । आगामी चैत ३ गतेदेखि ६ गतेसम्म हुन गईरहेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलालाई व्यवस्थित गरि सभ्य र भव्य बनाउनको लागि आज छलफल गरिएको छ ।

बैठकमा हाल सम्मको प्रगतिको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले रिपोर्टिङ गर्नुभएको थियो । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा सम्पन्न बैठकले कार्यालय आसपासमा सिसिटिभी क्यामेरा जडान गर्ने, मेलामा आयोजित कार्यक्रमहरु व्यवस्थापन गर्ने, प्रमुख अतिथि सहित अतिथि स्वागत सत्कार, कलाकार, पत्रकार, खेलाडी स्वागत सत्कार, मेलामा शान्ति सुरक्षा, उपसमितिहरुको कार्य विभाजन तथा सम्पादन, प्रायोजक तथा सहयोगदाताको जानकारी, प्रचार प्रसारलाई तिव्रता दिने लगायतका निर्णय गरेको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिनुभयो । त्यस्तै विभिन्न विधामा अभिनन्दन गर्न लागिएका व्यक्तिहरु, शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरिने परिवार तथा विद्यार्थीलाई जानकारी गराउने, मेलामा स्थानिय झाॅकी खेलकुदय विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सॅगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने घुम्टे युवा परिवारले जनाएको छ ।

होली मेलामा समुदघाटनको अवसरमा गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र समापन समारोहमा गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहने संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले जानकारी दिए । बैठकमा कार्य समिति, सल्लाहकार, विभिन्न उपसमिति, युवाहरु लगायतको उपस्थिति रहेको थियो । बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *