कोरियन भाषा परीक्षाको आवेदन दिनेहरुको ग्लोबल आइएमइ बैंकमा घुईँचो !

बागलुङ २०७३ चैत ९ । २०७४ साल जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला गरिए पछी परीक्षाका लागी आवेदन भर्न चाहने युवाहरु विहानै देखी ग्लोबल बैँकको बागलुङ कार्यालयमा लाम लागेका छन् । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ ।

आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताए । अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेलआइडी अनिवार्य हुनुपर्नेछ ।

सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार जान पाउने छन् ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाइनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नु पर्नेछ ।उत्पादनमुलक क्षेत्रमा फारम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाएको छ । परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंक सहित हेर्न पाउने छन् । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *