खरको छाना रहित बन्यो, धुर्कोट पिपलधारा, झ-यो दीन दु:खीको आँखाबाट हर्षाश्रुधारा !

प्रेम सुनार, गुल्मी २०७५ फागुन २६ । बर्ष दिनको छोरा कोखमा थियो, रातैभर पानी प-यो , श्रीमान ईन्डिमा हुनुहुन्थ्यो । घर छाउन नसकेर चुहिने भएकोले ओछ्यान भिजेर लिछिप्त भयो । म एक्ली मान्छे रातीमा कहाँ जाउँ ?’

घर भित्र पानीको पोखरी बन्न थाले पछि त्यही छोरा कोखमा राखेर गाई बाँध्ने छाप्रोमा ओतिएर रात विताएकी थिएँ सर,’ अहिले गाउँपालिकाले घरमा टिनको छाना छाई दिए पछि असाद्दै खुशी लागेको छ, गत बर्षको बर्षायामको उक्त कुरा स्मरण गर्दा गर्दै पिपलधाराकी सरिता परियारले आँखाबाट आँशु झारिन ।

सम्पत्तिका नाममा वास मात्रै भएकी परियारको विहान वेलुका चुलो जलाउन माध्यम भने कै उनको र उनका श्रीमानको पाखुरो हो ।
धुर्कोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक साविकको पिलधारा गाविस हालको वडा नम्व –२ लाई शनिवार खरको छाना विस्थापित वडा घोषणा ग-यो ।

सोही कार्याक्रममा परियारले विगतको कष्टकर बसाई सम्झेर आँशु झारेकी हुन । पिपलधाराको कुल ७ सय ५० धुृरी मध्ये करिव ५ प्रतिशत खरका छानालाई बिस्थापित गरि टिनको छानाले घर छाई दिए पछि परियार जस्ता कैयौं विपन्नहरु खुशीले भावुक थिए ।

पलधाराको नादी कुमाल बस्ती स्थानिय तहको निर्वाचन सम्म स–साना खरका झुपडीले अरु समुदाय र उनिहरुको वस्ती अलग्गै छुटिन्थ्यो । अहिले टिनका छानाले चिटिक्क परे पछि घर–वासमा जुन समुदायगत असमानता देखिन्थ्यो त्यसको अन्त्य भएको छ ।

त्यस गाउँकी विष्णु मुखियाले पनि परियार जस्तै भावुक हुँदै भनिन–‘ टिनको छाना फेर्नु त परै जाओस्, त्यही खरको छाना छाउन नसकेर पानी अउँदा भित्रै थाल र अरु भाँडाहरु थापेर बस्नु पर्दथ्यो, चिसोले यी स–सानाा छोरा छोरी सुनिने, पखला लाग्ने विमारी भई रहन्थे, धन्न गाउँपालिकाले टिनको छानाको घर बनाई थियो , नत्र त यो जुनिमा टिनको छाना लगाम्ला ( लगाउँला ) भनेर सोचेका नि’थेनम ( थिएनौ ) ।

अहिले ६५ बर्षक उमेरको नेटो काटेकी सो गाउँकी डालकुमारी थापा २५ बर्षको उमेरमा श्रीमानको मृत्यु भए पछि एकल महिला बनेकी थिईन । ११ बर्षको उमेरमा विवाह भएको थियो –‘ उनले भनिन–१३ बर्षको उमेरबाट सन्तान जन्मिन थाले । बर्षै पिच्छे लगातार छोरा एक छोरी जन्मिए । त्यस पछि श्रीमान ईन्डिया तिर जानु भयो । फर्केर आउँदा पित्तामा पानी भरिने विमार लिएर आउनु भयो ।

म २५ बर्षकी हुँदा उहाँको मृत्यु भयो । छोरा छोरी हुर्के आ–आफ्नो परिवार पाल्न मै लागे । म एक्लै त्यही पुरानाको खरको घरमा थिएँ , टिकको छाना छाउन सक्ने मेरो आई–उपाय थिएन , जात्रै राम्रा गरो ( ग¥यो ) गाउँपालिकाले मेरो बुढाले बनाई दिएकोा घरमा खरको छाना फालेर टिन लगाई दिदा एक दिन न एक दिन टिनको छाना लगाउने उहाँको सपना पुरा भएकोमा मुटु भरिएको छ ।

त्यहँ जे जति खरका छाना विस्थापित गरि टिनका छानाको घर बनेका थिए , ती घरधुरीका पुरुषहरु थिएनन, अधिकांस महिलाहरु त्यस कार्यक्रममा सहभागि थिए । उनिहरुका श्रीमानहरु भरतमा मजदुरी गर्न गएको बताउँदै थिए । दलित , अति सिमन्तकृत कुमाल समुदाय मात्र विपन्न परिवार थिएनन , ब्राम्ण र धुप्रै क्षेत्री समुदायले पनि टिनको छाना छाउन नसकेर खरकै छाना मुनी बस्दै आएको र अहिले गाउँपालिकाले टिनको छानाले छाईदिएर खुशी लागेको बताउँदै थिए ।

घोषणा पनि पहिलो कार्यन्वयनमा पनि पहिलो

२०७४ असार २८ धुर्कोटका जनप्रतिनिधीहरुले पदभारग्रहण गरेका थिए । सोही दिन उनिहरुले दुई वटा महत्वपुर्ण निर्णय गरेका थिए । पहिलो निर्णय आर्थिक अभावका कारण खरको चुहिने र गर्मीयामा आगालागीबाट पिडित बनेका परिवारको घरमा टिनको छानाले घर छाई दिने र दुई बर्ष भित्र धुर्कोटलाई खरको छाना रहित गाउँपालिका बनाउने । दोश्रो थियो कृषिलाई आधुनिकिकरण, ब्यवसायीक र प्रबृद्धि मैत्री बनाउने ।

पहिलो निर्णय खरको छाना विस्थापित गर्ने घोषण देशभर कै स्थानिय सरकार मध्ये पहिलो थियो । उक्त निर्णय सञ्चार माध्यममा आउन साथ जिल्लाको कालिगण्डकी गाउँपालिका वाहेक अरु ११ वटा स्थानिय सरकारले पनि घोषण गरे , र देशका अन्य स्थानिय सरकारले पनि यस्तो कार्यलाई पछ्याएका थिए ।

सोही अनुरुप धुर्कोट गाउँपालिकाले एक वडाबाट कार्यन्वयन सुरु गरि कार्यभार सम्हालेको दुई बर्ष भित्र खरको छाना विस्थापित गाउँपालिका बनाएर्र छाड्ने त्यस गाउँपालिका उपाध्यक्ष शिबबहादुर केसी –(खत्री ) बताए । उनले भने–‘ चुनावमा हामी जे बेलेका थियौं , त्यो पुरा गरेरै छाड्छौ, एक घर एक धारको अभियान पनि जारी छ , स्वास्थ्य शिक्षा , मोटरबाटाको स्तर बृद्धि सबै प्रतिबद्धता पृुरा गर्ने छौं । ’

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटका कुल ७ वटा वडामा ५ सय घरधुरी खरका छाना रहेको त्यस मध्ये कार्यभार सम्हालेको डेड बर्षको अवधीमा ३ सय २८ धुरीमा खरको छाना विस्थापित गरि टिनको छानाको घर निर्माण भई सकेको जानकारी दिए । बाँकी घर आगमी ६ महिना भित्रमा सक्ने उनले उद्घोष गरे ।

उनले भने–‘ हामीले यस जिल्लामा मात्र होईन, देशभर मै पहिलो पटक खरको छाना विस्थापित गर्ने घोषणा गरेका थियौं , सोही अनुरुप कार्यन्वन पनि सबै भन्दा पहिला नै गर्दै छौं , धेरै जसो वडाहरुमा सम्पन्न हुने चरणमा छन क्रमशः घोषणा गर्दै जाने छौं । त्यस वडाका वडाध्यक्ष नविन जिसीका अनुसार नादीका कुमाल , समुदाय, केहि दलित समुदायहरु र अन्य केहि घर परिवार समेत ३ महिना पनि खान नपुग्ने अवस्थाका छन ।

उनिहरुलाई ब्यबसायीक कृषि सिप मुलक तालिम र अनुदान दिएर आर्थिक अवस्था सुधार्ने कार्यमा गाउँपालिका लागेको छ । कार्यकापलिका सदस्य कमला घर्ति भन्छिन–‘ महिलालाई आत्मानिर्भर बनाउन पहिला पहिला झै अप्रभाकारी कार्यक्रममा रकम छरेर नहुने देखे पछि हामीहरुले बरु संख्या थोरै प्रवाभ बढि पर्ने गरि कार्यक्रमहरु सञ्चालन गरका छौं । वडा सचिव सुर्यप्रसाद खनालका अनुसार ७ सय ५० घरधुरी मध्ये टिन र ढुङ्गाले छाएका कैयौं ठुला ठुला घरहरु भने बसाई सराईका कारण रित्ता छन ।

शनिवार नै त्यस वडाको उदिना गाउँ पुर्ण सरसफाई युक्त गाउँ घोषणा भएको छ । सोही समारोहमा धुर्कोट गाउँपालिका प्रमुख पोखरेल र उपप्रमुख केसीले घोषण गरेका हुन । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा स्वच्छता परियोजना धुर्कोटका वास ं संयोजक छविलाल बिश्वकर्माका अनुसार पुर्ण सरफाई युक्त गाउँपालिका र एक घर एक धारा कार्यक्रमलाई सफल पार्न यस अवधीमा ७ सय ८३ घरधुरीमा एक घर एक धारा पुराईएको छ । त्यस गाउँपालिकाका सरसफाई कार्यक्रमका फोकल पर्शन लालमणि भण्डारी पानीको हाँहकार भोग्दै आएको वडा नम्वर ३ को वर्दवास गाउँका पुरै घरधुरीमा पनि एक घर एक धारा पुराईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *