टिनको छाप्राबाट शुरु हुन्छ धर्म परिवर्तनको खेल : पानीमा चोपल्दै कसम खुवाएर बनाईन्छ क्रिश्चियन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ फागुन २६ । बडीगाड गाउपालिका वडा नं ७ को डाँडागाउँमा टिनले छाएको खुला छाप्रा मुनी प्रत्यक शनिवार एकदर्जनको हाराहरीमा महिलाहरु जम्मा भएर केहि समय भजनकीर्तन गरेको देख्न थालिएको छ । सत्य वचन सत्संगको नाम दिईएको यस्लाई स्थानीयबासी क्रिश्चियन धर्म प्रचारकहरुको प्रपन्च भएको बताईरहेका छन् । खासगरी गरीब दलित महिलालाई आर्थिक एवं अन्य प्रलोभनमा पारेर आफ्नो प्रभावमा लिएपछी उनिहरुको सम्पर्कबाट गाउँका अन्य दलित गरीव महिलाहरुलाई भेला गराई प्रभुको भजन कीर्तन गरे असाध्य रोगबाट मुक्तिपाईने भ्रम छरिरहेको स्थानीयको बुझाई छ ।

यति सम्मकि भजनकीर्तनमा सहभागीहरु (अधिकांश महिलाहरु) लाई आफ्ना विश्वासपात्रहरुबाट भजनकीर्तनबाट असाध्य रोग निको भएको बकाउने गरेर सिधासाधा महिला पुरुषहरुलाई भजनकीर्तन प्रति आकर्षित गराउने गरेको स्थानीयहरुको भनाई छ । भजन कीर्तनमा सहभागी हुनेले गवाई, बचन तथा भजन कृतन गरिरहँदा पिता, परमेश्वरको नाम लिईरहने समेत उनिहरुले बताएका छन् ।

भजन कीर्तनको माध्यमबाट भएको सन्निकटताको फाईदा उठाउदै उनिहरुलाई धर्मपरिवर्तन प्रति आकर्षित गराउन चलखेल सुरु हुने गरेको स्थानीयहरुको आरोप छ । यस कार्यमा बुर्तिवाङ स्थित विलिभर्स चर्चबाट प्रशिक्षक आएर सहभागी महिलाहरुलाई बुर्तिवाङ चर्चमा लैजाने गरेको श्रोतले बतायो ।

यसरी विश्वासमा लिएपछी आर्थिक सहयोग, स्वास्थ्य, शिक्षा, विदेश भ्रमण आदि प्रलोभन दिएर धर्म परिवर्तन गराउने गरेको स्थानीयको आरोप छ । धर्मपरिवर्तन गराउदा सम्वन्धित महिला वा पुरुषलाई नजिकैको खोलामा लगेर ‘इशुको विश्वास गर्छु र जीवन मरण सम्म उहाँकै आज्ञापालना गर्छु…’ भन्दै कसम खुवाउने गरेको बुर्तिवाङको एक घटनाले चर्चहरुको असली रुप सार्वजनिक भएको हो । यसरी मानसिक यातना दिएर क्रिश्चियन धर्म परिवर्तन गराउँदा समेत सरोकारवाला निकाय मौन रहनु रहस्यमय छ ।

यस अघी गल्कोट नगरपालिका-३ हटियामा २०७३ सालदेखि सन्चालित सच्चाईको सत्संग नामक संस्थाले बडीगाड-७ को डाँडागाउँमा जस्तै जस्तापाताले छाएको खुला छाप्रा मुनी साप्ताहिक रुपमा महिलाहरुलाई भेला गराई मृगौला, क्यान्सर आदि असाध्य रोगहरु भजन कीर्तन गरेर निको हुने भ्रममा पारेर क्रिश्चियन धर्म परिपर्तन गराउने गरेको चर्चा बाहिर आएपछी गल्कोट नगरपालिका ३ हटिया वडाकार्यालयबाट यस संस्थालाई २०७५ पुस २१ गते बन्द गर्न आदेश दिएको थियो ।

तलका लिंकहरु पनि पढौँ:

धर्म प्रचारको नयाँ शैली : सत्संग, भजन कीर्तन गरेर असाध्य रोगहरु निको होला ?

आजको तस्वीर : यसरी बडीगाड खोलामा चोबलेर धर्म परिवर्तन !

गल्कोटमा क्रिश्चियन धर्म प्रचार गर्दै आएको सच्चाईको सत्संग संस्थालाई बन्द गर्न वडा कार्यलयको निर्देशन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *