सँगीतका बिद्यार्थी अनिस दवाडीकाे “प्रदेशी” नामक गीति एल्बम बजारमा !

प्रकाश ढकाल, युएई, १० मार्च, २०१८ । पछिल्लो समयमा गीत सँगीतमा अत्यन्तै रुचिका साथ गीत सँगीतमा होमिएका अनिस दवाडी एक सँगीतका बिद्यार्थी हुन । प्रदेशी भुमिबाटै सँगीतमा होमिएका उनले लोक सँगीतलाइ निकै अगाडी बढाएका छन ।

बजारमा आईसकेका तथा सफलता हासिल गरेका उनका गीतहरु प्रगतीको खोजिमा , तिम्रा बाउलाई गुल्टाईदिम,नेपाल जान मन लाग्योनी,बलत्कारी लाई फाँसी दिनु पर्यो भन्ने जस्ता गीतबाट चर्चित उनले ढुकढुकि,पागल प्रेमी,रोल्पा सल्यान,नाच छमछमी जस्ता एल्बममा मा शब्द तथा सङ्गीत भरिसकेका छन ।

अहिले प्रदेशमा रहेका लाखौ प्रदेशिहरुको बिषयवस्तु लाई समेटेर “प्रदेशी” नामक गीति एल्बम बजारमा ल्याएका छन । अनिश दवाडी र सम्झना भण्डारी को आवाजमा सजिएको उक्त गीतको शब्द भने नवराज अधिकारी तथा सरिना तामाङ्ग को रहेको छ ।

मनकुमारी मगरको सँगीत बिजय पोख्रेलको सम्पादन रहेको भिडियोको निर्देशन राजेश भण्डारीले गरेका हुन । नवराज अधिकारी र निरुता अधिकारीको बेजोड अभिनय रहेको उक्त भिडियोमा लाखौ प्रदेशीहरु भोगिरहेका पीडाहरुलाई समेत कैद गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.