आजको तस्वीर : अन्नबाली जोगाउन कपडाको तारबार !

शव्द/चित्र : किरण आचार्य,

बागलुङ २०७५ फागुन २६ । कपडा धोएर सुकाएको जस्तो देखिने यो दृश्य दुम्सीबाट अन्नबाली (खेतिपाती) जोगाउन लगाईएको लत्ताकपडाको तारबार हो । दिनभरी बाँदर र रातभरी दुम्सीले खेतबारीमा अगाएको अन्नबाली खाईदिन थालेपछी बागलुङ नगरपालिका वडा नं १४ मोदीवेनी (काली किनार)का स्थानीय किसानहरु आजित परेका छन् । दिउँसो बाँदर धपाउदा धपाउदै थकित किसान राति दुम्सीले बालीनाली सखाप पार्न थालेपछी स्थानीय किसानहरुले आफ्ना लत्ता कपडाको बार लगाएर दुम्सीबाट बालिनाली जोगाउन यो तरतीब अजमाएका हुन् ।व्यवसायिक रुपमा तरकारी (आलु)खेती गर्दै आएका किसान रातदिन खेतमा खटदै आएका छन ।

मानिस सुतेको थाहा पाएपछि आलु खान दुम्सी आउने गरेको हुदा त्यसलाई भगाउन कपडाको तारबार लगाएको स्थानिय किसानको भनाई छ ।

मनिसले लगाउने कपडा देखेपछि दुम्सी भाग्ने गरेको सुनेपछि किसानले यस्तो तरतीब अपानाएको बताए र रातको समया दुम्सीबाट बाली जोगाउन कपडाहरु तरकारी खेती वरिपरि राख्नाले केही कमी आएको किसानको भनाई छ ।

घरभित्रको अन्नबाली र खेतमा लगाएको तरकारी नष्ट गर्न बाँदर र दुम्सीले सताउने गरेपछि यहाँका स्थानियहरु पालैपालो कुर्ने गरेकाछन । बाँदर र दुम्सी नियन्त्रणको लागि ठोस योजना सहितको बिधि अहिले सम्म नभएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख गोबिन्द ढकालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *