गल्कोट-७ अरबेदीका प्रजातन्त्र सेनानी चोखालको ९८ वर्षको उमेरमा निधन !

गल्कोट २०७५ फागुन २६ । गल्कोट नगरपालिका वडा नं ७ मल्म अरबेदी निवासी प्रजातन्त्र सेनानी खडग बहादुर चोखालको ९८ वर्षको उमेरमा शुक्रबार निधन भयो । वडा नं ३, ५ र ६ को संगम स्थल दरम गौदी घाटमा शनिबार सम्पन्न श्रद्वाञ्जली कार्यक्रममा स्वर्गिय समाजसेवी चोखालको पार्थिव शरिरमा नेपाली काँग्रेस गल्कोट नगरपालिकाले पार्टीको झण्डा ओडाएर सम्मान गरेको छ ।

सो अवसरमा नेपाली काककग्रेस बागलुङका जिल्ला सदस्य फम बहादुर खत्री, शहिद थिर बम मल्ल मेमोरियल फाउण्डेसनका अध्यक्ष मञ्जेश बम मल्ल र नेपाली काग्रेसका नगर सभापति नारायण ध्वज मल्लले झण्डा ओढाई श्रद्वाञ्जली अर्पण गरेका थिए।

त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरै, नेपाली काग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसेले फुलमाला अर्पण गरि श्रद्वाञ्जली अर्पण गरेकी थिइन । श्रद्वाञ्जली कार्यक्रममा स्वर्गिय चोखालको सम्झनामा एक िमनेट मौन धारण गरिएको थियो ।

चोखाल नेपाली काकग्रेसमा लामो समयदेखि आवद्व रहि सामाजिक कार्यमा आफनो भूमिका निर्वाह गरेका थिए । श्रद्वाञ्जली कार्यक्रम चोखाल वंशावली परिवारका सदस्य वीरबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.