सातसय बगाले थापा समाज गल्कोटको २६ औं वार्षिकोत्सव सम्पन्न ।

गल्कोट २०७५ फागुन २६ । सातसय बगाले थापा समाजको २६ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभालाई सम्बोधन गर्दै समाजका संरक्षक एवं संस्थापक अध्यक्ष दुर्गाबहादुर थापाले राष्ट्रको निम्ति पुर्खजले देखाएको सहि बाटो अनुसरण गर्दै सामाजिक सदभाव सहितको बन्धु एकता हुनु पर्ने बताए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष तथा गल्कोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, पुर्व कोषाध्यक्ष तथा वडा सदस्य लोक बहादुर थापा, बगाले थापा समाजका केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा, पुर्व उपाध्यक्ष ज्ञान बहादुर थापा, निवर्तमान अध्यक्ष दल बहादुर थापा, पुर्व सचिव राम बहादुर थापा र समाजका ताराखोला प्रतिनिधी नर बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यम बहादुर थापाले प्रस्तुत गरेका थिए ।

साधारण सभामा गल्कोट, ताराखोला, बडीगाड र ढोरपाटन नगरपालिकाका बगाले थापा बन्धुहरुको उपस्थिति रहेको थियो । २६ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा सातसय बगाले थापा समाज गल्कोट नगरपालिका ७ मल्मका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष घनश्याम थापाको स्वागत र सचिव टोप बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.