राप्रपा सरकारबाट फिर्ता हुन जिल्लाबाट निर्णय गरी पठाउन केस गौचनको आग्रह !

पर्वत २०७३ चैत ९ । राप्रपाका केन्द्रिय सदस्यहरु जिल्ला जिल्लामा प्रशिक्षणका लागी पुगेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले यो प्रशिक्षण कार्यक्रम सन्चालन गरेको बताईएको छ ।

यसै सिलसिलामा पर्वत सदरमुकाम कुस्मा बजारमा मंगलवार आयोजित राप्रपाको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जगत गौचनले पार्टी संगठन सुदृढीकरणका बारेमा प्रकाश पारेका थिए ।

उनले, बर्तमान सरकारबाट पार्टी फिर्ता आउनु पर्ने बताउदै यसलाई दबाब दिन जिल्ला कार्य समितीबाट सरकारबाट फिर्ता हुन निर्णय गर्न सुझाएका थिए । उनले म्याग्दी जिल्ला कार्य समितिले पार्टी सरकारबाट फिर्ता हुन निर्णय गरिसकेको छ, बागलुङमा साथीहरुलाई भनेको छु र यहाँ तपाईहरुले पनि सरकार बाट फिर्ता हुन निर्णय गर्नु पर्ने बताए ।

कार्यक्रममा ठाकुरबम मल्लले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सन्चालन प्रकाश पौडेलले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको सभापतित्व पार्टीका जिल्ला अध्यक्ष ईश्वर गिरीले गरेका थिए । कार्यक्रममा जिल्लास्तरी नेताहरु सहित पाँच दर्जन कार्यकर्ताहरु सहमागी भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.