दुई टुक्रा: यो प्रदेशी मुलुकमा कुल्ली भैया’छ…!

यो प्रदेशी मुलुकमा कुल्ली भैया’छ
ज्यान सक्किएर चुरोटको खिल्ली भैया’छ
स्यक्ख्या सिप्फाल पाल्लिपाल्ली ह्ययादे
भोटेको कुत्ता अनि बिल्ली भैया छ !!
***
यो मुटुमा तिर र भाला रोपेर गयौ
कहिल्यै नमेटिने तिम्रो याद खोपेर गयौ
देख्छुकी भनि तिमीलाई टोलाई रहे नयनहरु
डोली चढि घुम्टोले मुहार छोपेर गयौ !!

झलक काउचा
बागलुङ, हाल दक्षिण कोरिया ।
२०७५ फागुन २५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.