भिङखालमा स्वास्थ्य चौकी निर्माणका लागी कतारमा रु ७५ हजार सहयोग संकलन !

बागलुङ २०७५ फागुन २५ । बडीगाड गाउपालिका वडा नं ६ भिङखाल चिच्चौरमा निर्माणाधीन स्वास्थ चौकी भवनका लागि बागलुङ सेवा समाज दोहा कतारमा अर्थ संकलन कार्य सुरु गरिएको छ । बागलुङ सेवा समाज कतारका सह कोषाध्यक्ष सात्यकी प्रताप सिँहको सक्रियतामा कतारमा रहेका नेपालीहरुबाट हालसम्म कतारी रियल २४२० (नेपाली रुपयाँ ७५,०००।) संकलन गरिएको छ ।

स्वास्थ्य चौकीको निर्माणका लागी सहयोग प्रदान गर्ने सहयोगदाताहरुमा बागलुङ सेवा समाज कतारबाट ५००, सात्यकी प्रताप सिँहबाट ५५०, ,शम्सेर प्रताप केसीबाट १००, सिबेन्द्र प्रताप केसीबाट १००, राजेन्द्र प्रताप केसीबाट १७०, दोर्ण थापाबाट १००, निराज श्रेष्ठबाट १००, गोपाल केसीबाट १५०, सागर पौडेलबाट १००, चन्द्रकान्त शर्मा (केदार)बाट १५० टीका कार्कीबाट ५० र सन्तोष पौडेलबाट १००, होमनाथ शर्माबाट १००, मनोज थापाबाट १००, बालसिँह परियारबाट ५० र याम बहादुर छेत्री ९ अनिल०बाट ५० कतारी रियाल प्राप्त भएको समाजका कोषाध्यक्ष सात्यकी प्रताप सिँहले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *