महिलाहरु घरेलु मदिराको शिकार भएकाले गाउपालिकाले यसको नियमन गर्ने : अध्यक्ष पाईजा

कमल पौडेल, बडीगाड बागलुङ २०७५ फागुन २५ । १०९ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा महिला तथा वालवालिका सशक्तिकरण केन्द्र बडीगाडको आयोजनामा सामाजिक विकासमा महिलाको भूमिका विषयक वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ ।

प्रत्येक वडावाट एक/एक जना महिला सहभागि रहेको प्रतियोगीतामा वडा नं. २, खर्वाङ की गीता पोखरेल प्रथम, वडा नं. ६ खालकी रिता केसी व्दितिय तथा वडा नं. ३ सिसाखानीकी सरिता रोका भुजेल तृतिय भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले घरभित्रको उत्पीडनबाट महिला वाहिर निस्कन सक्ने वातावरण नभएसम्म सामाजिक परिवर्तन हुन गाह्रो हुने वताए ।

महिलाहरु घरेलु मदिराको सिकार भएको भन्दै अध्यक्ष पाइजाले गाउँपालिकाले नै कार्यक्रम गरेर मदिरा नियमन गर्न लागेको खुलासा गरे । तर घरेलु मदिरा उत्पादन गर्न (रक्सी पार्न) घरमा कसको भूमिका अहम् रहन्छ भन्ने अध्यक्ष पाईजाले खुलाएनन् । पाइजाले धेरै घरेलु हिँसाको जड मदिरा भएको भन्दै त्यसको नियमनको लागी गाउँपालिका लाग्ने उनको भनाई थियो । उनले महिलाहरु आर्थिक उपार्जनमा नजोडिएसम्म विभेद कायम रहन सक्ने भएकोले कुनै न कुनै उपायवाट महिलाहरु आर्थिक उपार्जनमा जोडिनुपर्ने वताए ।

कार्यक्रममा बडीगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर वहादुर श्रीस, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का जिल्ला सचिवालय सदस्य राजिव घिमिरे, बडीगाड गाउँपालिका वडा नं. ६ का अध्यक्ष मौसमकाजी क्षेत्री, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेकपा का जिल्ला सदस्य जीवन कुँवर, नेपाली काग्रेसका जिल्ला सदस्य सरस्वती आचार्य, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा, भानु माविका प्रधानाध्यापक केशव खरेल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय खार शाखाका संचालिका सुनन्दा दिदी, बडीगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, वडा नं. ७ का महिला संयोजक सुमित्रा घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडीगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सह सचिव सन्तोषी सापकोटा खरेलको स्वागत मन्तव्य तथा सचिव माया केसीको संचालनमा सम्पन्न भएको थियो।

“लैङ्गिक समानताको लागि समान सोंच र व्यावहार, समृद्धिको आधार”, भन्ने नारा सहित भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला शसक्तिकरणको लागि चेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्न सुझाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *