सनराइज बोर्डिङमा विज्ञान, कला तथा चित्रकला प्रदर्शनी सम्पन्न !

बागलुङ, २०७५ फागुन २४ । यहि फागुन २४ गतेका दिन सन्राइज आवासीय माध्यमिक विद्यालयले विज्ञान, कला तथा चित्रकला प्रदर्शनी आयोजना गयो । १२ समुहको सहभागीता रहेको विज्ञान प्रदर्शनीमा कक्षा १२ दिपक पुन र भेषनाथ सुवेदव्दारा तयार पारिएको लेजर माइक्रोस्कोप प्रथम, गणेश खत्री र अनुष खडकाले तयार निर्माण गरेको रिमोटवाला पानीबाट चल्ने वुलडोजर व्दितिय, कुशल खत्री, पुस्कर रिजाल,. अभिषेक क्षेत्री र लभसन थापाव्दारा निर्मित हाइड्रोलिक डोजर तृतिय र शाहिल के.सी व्दारा निर्मित फनपार्कले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन ।

यस्तै गरि कला प्रदर्शनी तर्फ कक्षा ७ –१० समुहमा राज रुचलको आधुनिक सहरको नमुना प्रथम, विशाल शाहीको परम्परागत घर र गणेश के.सी र अनुष खडकाको सहरले द्धित्तिय स्थान, पुस्कर, कुशल, अभिषेक र लभसनको वाटरफल तृतिय र राजिव र मिलनको घरको नमुनाले सान्वना स्थान प्राप्त गरेका छन भने कक्षा ४–६ समुहमा आदित्य पौडेल को वातावरणीय डुङगा प्रथम , पुजनमल्ल मंगेस सुनार र सरोज पौडेलको घरको नमुना तृतिय र संगिता रुचाल र अरुण रुचालको घरको नमुना तृतिय र सम्भव शर्माको घरको नमुना र चिरञ्जिवी रिजालको ट्राफिक लाइटको नमुनाले सान्वना स्थान प्राप्त गर्न सफल भए । कला प्रदर्शनी तर्फ कक्षा १–३ समुहमा करिस्मा पुनको घरको नमुना प्रथम, अन्सु रुचालको धरको नमुना द्धित्तिय ,सुसान सुनार, निर्मल के. सी र रविन वोहारा द्धारा निर्मित हेलिकप्टरको नमुना तृतिय र कृष्टिना खत्रीको घरको नमुना ले सान्वना स्थान प्राप्त गर्न सफल भएका छन ।

त्यसै गरि १०० जना भन्दा वढी सहभागी भएको चित्रकला प्रदर्शनीमा कक्षा ७ –१२ समुहमा विशाल शाही प्रथम, निश्चल थापा व्दितिय, पुस्कर रिजाल तृतिय र दिपक पुन ले सान्वना स्थान प्राप्त गरेका छन भने कक्षा ४–६ समुहमा आदित्य पौडेल प्रथम, सरिना के.सी व्दितिय, चिरञ्जिवि रिजाल तृतिय र विवेक किसानले सान्वना स्थान हासिल गरेका छन ।

साथै कक्षा १ –३ समुहमा रसु के.सी प्रथम, नेश्सन थापा दित्तिय , बर्षा थापा तृतिय र रविन वोहोरा ले सान्वना स्थान पाप्त गरे भने कक्षा नर्सरी–केजी समुहमा विनम्रता थापा प्रथम, आर्यन रोका दित्तिय र एन्जिला शर्माले तृतिय स्थान प्राप्त गर्न सफल भएका छन ।

विद्यालयले दशौ बर्ष देखि आयोजना गर्दै आएको उक्त प्रदर्शनीमा अभिभावकको समेत वाक्लो उपस्थिति रहेको थियो । अवलोकनकर्ता अतिथि अभिभावकहरुले सन्राइज वोर्डिङ स्कुलले बर्षेनी विज्ञान कला तथा चित्रकला प्रदर्शनी आयोजना गरेर विद्यार्थीको प्रतिभा प्रष्फुटन गराई शैक्षिक गुणस्तरको उत्कृष्ठ नमुना बन्न सकेकोमा निकै खुसी व्यक्त गर्दै विद्यालयलाई धन्यवाद दिएको विद्यालयका प्रिन्सिपल चन्द्र बहादुर क्षेत्रीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.