ताराखोलामा अन्तर्राष्ट्रिय महिला दिवस : पहिलेको तुलनामा लैङ्गिक विभेद कम- सांसद रोका

पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन २४ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा ताराखोला गाउँपालिकाले गाउँपालिकाको केन्द्र अर्गल भातखाने डाडामा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

उक्त कार्यक्रमको उदघाटन पछि बोल्दै गण्डकी प्रदेश सांसद दिलमाया रोकाले पहिलेको तुलनामा लैङ्गिक विभेद कम भए पनि नीतिगत रुपमा भएका कुराहरू व्यबहारमा लागू हुन नसक्दा अझैपनि थुप्रै महिलाहरु उत्पीडनमा परेका बताईन् । उनले महिलाहरुको राजनैतिक, सामाजिक र आर्थिक बिकास भए मात्र अबसर र समानतामा वृद्धि हुने बताईन् ।

सोही अबसरमा आयोजना गरिएको सामाजिक बिकृती बिसङ्गती अन्त्यका लागि महिलाको भुमिका बिषयक १२ समुहको सहभागीता रहेको लोकनृत्य प्रतियोगितामा महिला संजाल वडा न ५ तारा प्रथम, महिला संजाल वडा न २ अर्गल व्दितिय र महिला संजाल वडा न ४ तारा तृतीय भएका छ्न ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती , प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल , नेपाल मा बि तारा का बि ब्य स अध्यक्ष पदम खत्री , महिला संजाल वडा न १ की अध्यक्ष हिरादेबी पुन , वडा न २ की अध्यक्ष दिलमाया घर्ती, वडा न ३ की सचीव दुर्गा कार्की , वडा न ४ की अध्यक्ष तुलमाया निउरे, वडा न ५ की अध्यक्ष कौशिला घर्ती लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सुरुहुन पूर्व ५ वटै वडाबाट उपस्थित महिलाहरुले चेतना मुलक प्लेकार्ड सहितको रयाली निकालेका थिए।

कार्यक्रम ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी रोका पुनको अध्यक्षता कार्यपालिका सदस्य तेजुमाया भण्डारी परियारको स्वागत र वास संयोजक भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.