साहारा क्लव अर्जेवाको २१ औँ वार्षिकोत्सव सम्पन्न : खेलकुद मानवीय जीवनमा अनिवार्य-शर्मा

निर्मल पौडेल, कुस्मीसेरा २०७५ फागुन २४ । साहारा क्लव जैमिनी नगरपालिका ६ अर्जेवाको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत फागुन १९ गतेवाट आयोजना गरिएको कार्यक्रमको शुक्रवार सम्पन्न भएको हो ।

खुल्ला पुरुष भलिवल प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । त्यस्तै महिला भलिवल प्रतियोगितामा प्रतिभा युवा क्लव विजुवा प्रथम,जनप्रिय युवा क्लव जैदी वोर द्धितीय,र शान्तिचौर युवा क्लव सुम्सा तृतिय भएका छन् । यस्तै डान्स आइडल प्रतियोगितामा सुजता थापा प्रथम,सभ्यता सुनार द्धितिय र पुजा रसाइली तृतिय भएका छन् । प्रथम व्दितिय र तृतिय हुनेलाई नगद शिल्ड मेडल र प्रमाणपत्र सहित आकर्षक पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा जैमिनी नगरपालिकाका प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले खेलकुद मानवीय जीवनमा अनिवार्य रहेको भन्दै खेलकुदको माध्यम वाट नै समृद्ध समाज निर्माण गर्न सकिने वताए । शर्माले साहारा क्लवले समाजमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दे निचित योजना वनाएर आए क्लवलाई नगरपालिकाले सक्दो सहयोग गर्ने वताए ।

कार्यक्रममा क्लवका संरक्षक रामचन्द्र रेग्मी , जैमिनी ६ अर्जेवाका वडाध्यक्ष कृष्ण थापा लगायत विभिन्न व्याक्तिहरुले वोलेका थिए ।

कार्यक्रमको अन्तिम दिन राष्ट्रियस्तरका कलाकार तुलसा जिसी महेन्द्र रेग्मी, सञ्चारकर्मी कलाकार अर्जुन थापाले वेजोड सांस्कृतिक प्रस्तुत गरेका थिए ।

यस्तै क्लवले अर्जेवाका विभिन्न ४ वटा विद्यालयका ८ जना आर्थिक रुपमा विपन्न गरिव ,दलित तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सोही कार्यक्रममा ओम डेभलभ्मेन्ट वैंक लिमिटेड कुस्मीसेराको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लवको सहकार्यमा अर्जेवाका ४ वटा क्लवहरुलाई स्टेचर वितरण गरिएको छ ।

क्लवका अध्यक्ष दिपेन्द्र नायक क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन थापाले गरेका थिए ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.