निसीखोला गाउँपालिकामा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न !

झम सिर्पाली निसीखोला २०७५ फागुन २४ । निसीखोला गाउँपालिकामा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस आज एक कार्यक्रमका विच भव्य रुपमा मनाईएको छ । समान दायित्व समान अवसर भन्ने मुल नाराका साथ निसीखोला गाउँपालिका तथा बागलुङ पश्चिम् नेपाल र ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजना तथा सुआहाराको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमको आज गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष पौडेलले लैंगिक हिंसा पुरुष र महिला दुबैबाट हुने गरेको बताउदै महिलाले महिलालाई नै हिंसा गर्ने व्यवहारले समेत समाजमा जरो गाडेको बताए । उनले पुरुष र महिला सबै सचेत भए मात्र समाजमा लैंगिक समानता कायम गर्न सकिने धारणा राखे । अध्यक्ष पौडेलले महिला सशक्तीकरण र लैंगिक हिंसा अन्त्यका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गरिएको र अब पनि नीति तथा कार्ययोजना व्यवस्थित गरि थप कार्यक्रम ल्याईने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरका गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मन्तव्य राखेका थिए । साथै निसीखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम गौतम, सुचना अधिकृत इन्द्रलाल रेग्मी, इन्जिनियर समुन्द्र शाही, स्वास्थ प्रमुख टोप बहादुर चन्द, उद्योग वाणिज्य संघ गल्कोट इकाईका उपाध्यक्ष ढालेन्द्र गौतम, वडा नं २ कि वडा सदस्य थमकुमारी विश्वकर्मा, जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापिका निल कुमारी खत्री, सरस्वती प्रा। वि कि प्रधानाध्यापिका सरस्वती शर्मा घिमिरे, शिवशक्ती प्राविकी प्रधानाध्यापिका लेखा कुमारी बस्नेत घर्ती लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष इन्द्र मल्ल, २ का अध्यक्ष कुविर विश्वकर्मा ३ का वडाध्यक्ष जुनविक्रम शाही, नेपाल कम्युनिस्ट पार्टिका इद बहादुर रसाईली, नेपाली कांग्रेसकी नरमती पुन, राष्ट्रिय जनमोर्चाकी विन्दु हमाल, ज्ञानेद्र माध्यमिक विद्यालय निसिकी प्रधानाध्यापिका अमृता घर्तिमगर, महिला संजाल वडा नं २ की अध्यक्ष इन्द्रकुमारी कुवंर लगायतले शुभकामना राखेका थिए ।

दिवसको अवसरमा आयोजित गाउँपालिका स्तरीय लोकगीत तथा नृत्य प्रतियोगिता समेत सप्पन्न भएको छ । जसअन्तर्गत गाउँपालिकामा कृयाशिल विभिन्न आठ ओटा महिला समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा बोहरागाउँ महिला समूह निसिखोला ३ बोहरागाउँ प्रथम अखिल नेपाल महिला संघ निसिखोला ४ जिरी द्वितीय संघर्षशिल आमा समूह निसीखोला २ तल्लाबेङ्री तृतीय तथा जनजागृती आमा समूह निसिखोला २ काल्नेचौरले सान्त्वना स्थान हासिल गरेका छन ।

गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न महिला समुहका प्रतिनिधि, महिला अधिकारकर्मी,पत्रकार तथा महिला दिदिबहिनीहरुको बृहत् उपस्थित रहेको उक्त कार्यक्रम निसीखोला गाउँपालिकाकी उपाध्यक्ष शोभाकुमारी कार्कीको अध्यक्षता तथा अन्नपूर्ण आधारभूत विद्यालय निसीखोला १ हर्पेकी प्रधानाध्यापिका दिनु रामजाली मगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.