नारी दिवस : आज नारी पुरुष वरावरीको अधिकार आउँछ !

आज नारी पुरुष वरावरीको अधिकार आउँछ।
भोलि विहानै नारी लुटिएको अखवार आउँछ।।

निर्मला केवल एउटा प्रतिनिधि पात्र वनिन।
यस्तै अरु नि अन्यायको समाचार आउँछ।।

पीडित भए न्याय माग्न अदालत जानुहोस् ।
वकिल साप लाई यो त शुभ व्यापार आउँछ।।

सवथोक पाइन्छ तर यहि पाइन्न शहरमा ।
गाउँमा केहि परोस् हेर्नुस् त गुहार आउँछ ।।

गर्भमै तुहिन पर्छ कि हेलामा हर्किनु पर्छ।
नारीलाईनी सुरक्षा कैले सम्भार आउँछ ।।

निर्मल पौडेल, (एन पि घायल)

कुस्मा पर्बत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *