सन्दर्भ : १०९औ अन्तर्राष्ट्रीय महिला दिवस
अबको मुद्दा लैंगिक भन्दा बर्गिय मुक्तिको हुनुपर्छ की ?

कोपिला कंडेल

अन्तर्राष्ट्रीय महिला दिवस अर्थात विश्वभरीका श्रमजिवी महिला संग सम्बन्धित छ । जर्मनी महिला क्लाराजेट्कीनले महिला अधिकारको माग गर्दै अमेरिकाको सिकागो सहरबाट यो अभियान शुरु गरेकी थिईन । सन १९०६ मा अमेरिकाको जुट र कपडा कारखानामा काम गर्ने महिलाहरुले समान कामको समान ज्याला महिला भएको कारण हुने सम्पुर्ण भेदभाव र शोषणको अन्त्य वालिग मताधिकार लगायतका माग राखेर आन्दोलनको सुरुआत गरेका थिए । त्यसको नेतृत्व जर्मनी महिला क्लाराजेट्कीनले गरिन । महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन पछि क्लाराजेट्कीन सेक्रेटरी बनिन । सन १९१० मा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउनुपर्ने माग गरिन । उक्त प्रस्ताव पास भएपछि १९११ मार्च ८ देखी विश्वभरीका महिलाहरुले मार्च ८ लाई अन्तर्राष्ट्रीय महिला दिवसका रुपमा मनाउन शुरु गरे ।

यसैअनुरुप ८ मार्चलाई नेपालमा पनि अन्तर्राष्ट्रीय महिला दिवस मनाउन शुरु गरेको पाईन्छ । यसबाट के स्पष्ट हुन्छ भने महिला माथि अन्याय अत्याचार नेपाल जस्तो बिकासोन्मुख देशमा मात्र नभएर विश्वका बिकसित मुलुकमा पनि उत्तिकै रहेको अनुमान गर्न सकिन्छ । नेपालका हरेक आन्दोलनमा बिगत देखी बर्तमान सम्म थुप्रै महिलाहरुले महिला अधिकारका आवाज उठाए । मुलुकमा राजतन्त्रको अन्त्य पछि महिलाको पक्षमा केही कानुनहरु पनि बने तर कानुन बन्दैमा समस्याको समाधान भने भएन ।

हुनत अहिले बिद्यादेबी भण्डारी राष्ट्रपति छन् । ओनसरी घर्ती सभामुख र सुशिला कार्की प्रधानन्यायाधीस बनेकै हुन । यिनिहरुलाई अझै के के चाईएको हो भनेर हल्का फुल्का टिप्पणी गरेको पनि पाईन्छ । मुलुकमा राजतन्त्रको अन्त्यपछि केही घरानिया महिलाको जीवनस्तरमा सुधार त आयो तर आम श्रमिक महिलाको अवस्था जस्ताको तस्तै छ । अझ संघिय संरचना निर्माण पछि त झन गरिब र दलित महिलाहरुलाई करको भार थेगिनसक्नु भएको छ । जवसम्म सम्पुर्ण महिलाहरु गरिबीबाट मुक्तहुन सक्दैनन् तव सम्म आम महिलाको जीवनस्तरमा सुधार आएको भन्नु गलत हुन्छ । पछिल्लो राजनीतिक परिवर्तन संगै केही महिलाले अवसर पाए राज्यसत्ताको उच्च ओहोदा सम्म पनि पुगे । पछिल्लो समय मुलकमा राजनीतिक शासन त फेरियो तर राजनेता लगायत हरेक संरचनाको उच्च ओहोदामा पुगेका ब्यक्तिहरुको आचरण भने फेरिन सकेन । सामन्तबादको अन्त्य भयो भनियो तर गणतन्त्रको अनुभुति आम महिलाहरुले अहिले पनि गर्न सकेका छैनन् । सामन्तबादको अन्त्य भएको भनिएपनि आम नेतृत्व वर्गमा सामन्ती मानसिकताले जरो गाडिरह्यो । अझ भनौ गणतन्त्र नेपालका राष्ट्रप्रमुख अर्बको हेलिकप्टर प्रयोग गर्दा सामान्य चप्पल फेर्न नसक्ने श्रमजिवी महिला कति छन कति । महिला मुक्तिको नारा फलाक्ने महिला समेत राज्यसत्तामा पुगेपछि सत्ता टिकाउ चाकडी चाप्लुसी र आफन्त र नातागोतालाई जागिर लगायतका अन्य नियुक्ति तिर मात्र केन्द्रित भए । जसले गर्दा तल्लो बर्गका महिलाहरुका समस्या जहाको तही जस्ताको तस्तै छन् ।

साच्चिकै भन्ने हो भने अहिले पनि केही टाँठाबाठा महिलाले केही श्रमिक महिलाको नाममा अनेक एजजिओ आईएनजिओ वा स्थानिय तह बाट रकम निकासा गरेर त्यही रकम भ्रष्टाचार गरेका प्रमाणहरु समेत भेटिन्छन् । यसबाट के स्पष्ट हुन्छ भने पितृसत्तात्मक र शोषण गर्ने मानसिकता पुरुषमा मात्र नभएर महिलामा पनि छ । अझ भन्ने हो भने पछिल्लो समयमा महिला माथि भएका श्रृङ्गखलाबद्ध बलात्कार यौनजन्य हिसां लगायतका गतिबिधि बिरुद्ध समेत संसदको उच्च ओहोदामा रहेका महिलाहरुले खुलेर बिरोध गर्न नसकेको अवस्था छ । यसको कारण सरकारको बचाउ र त्यसपछिको आफ्नो स्थान के हुने भन्ने नै हो । हुन त महिलाको पक्षमा पछिल्लो समय थुप्रै कानुन पनि निर्माण भए । महिला बिरुद्ध हुने सबैखाले हिसांको अन्त्य हुनुपर्ने भनेर थुप्रै कानुन पारित भएका छन् । कानुन निर्माण हुदैमा महिला बिरुद्धको हिसां अन्त्य हुन्छन भन्ने होईन । हिसां भनेको मानसिकता हो । हिसांत्मक मानसिकता अधिकाशं पुरुषमा भएको देखिन्छ भने केही महिलामा पनि छ । नेपालमा अधिकाशं हिसां शक्ति सत्ता पैसा र पहुचको कारणले हुने गरेको छ । अधिकाशं पुरुषको हातमा शक्ति र संपत्तिको पहुच हुनाले महिला माथि हिसां गरेका छन् भने शक्ति पैसा र पहुच भएका महिलाहरुले पनि पुरुषमाथि हिसां गरेको पाईन्छ ।

त्यसैले अव १ सय ९ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस मनाईरहदा अवको नारा थोरै बदलिनुपर्छ भन्ने लाग्छ । अधिकाशं हिसां ग्रामिण अशिक्षित र तल्लो बर्गका श्रमिक महिलामा बढि छ । यसको मुख्य कारण गरिबीनै हो । हामीले जतिसुकै आदर्शका कुरा गरेपनि हामी बर्गिय समाजमा छौ बर्गिय समाजको अन्त्य नभएसम्म समाजमा एक बर्गले मात्र बर्चस्व रहिरहन्छ जसले गर्दा महिला होस वा पुरुष तल्लो बर्गका महिला मात्र होईन पुरुषमाथि समेत थिचोमिचो रहिरन्छ भन्ने अनुमान गर्न सकिन्छ । अतं केही हुनेखाने महिलाहरुले अवसर पाए भन्दैमा समग्र महिलाको अधिकार स्थापित भयो भन्न सकिदैन । गरिब दलित वर्गका महिलाहरु अहिलेपनि भोट बैकंको रुपमा नै प्रयोग भएका छन् । जव निर्वाचनको समय आउछ तव तल्लो स्तर सम्म पैसा तथा खाद्य सामग्री संग भोट साटिन्छ । त्यसो त बरु पुर्ब राजामहाराजाको पाला निर्वाचन यति महंङ्गो थिएन । तत्कालीन माओबादीले सशस्त्र युद्धताका अवस्थामा दलाल संसदीय ब्यवस्थाका कारण समाजमा वर्ग छ र त्यसको अन्त्य हुनुपर्दछ भन्ने गर्दथ्यो सायद लाग्छ पात्र फेरिएपनि सोही ब्यवस्था पुनं कायम भएकाले बेथिती बिसंगति असमानता र भ्रष्टाचार र दलाली मानसिकता कायम रहेकाले नै बर्गिय समस्या झन झन जटिल बन्दै गएको हो । त्यसैले महिला मुक्तिपनि वर्ग संग सम्बन्धीत रहेकाले अवका महिला सरोकारका बिषयलाई लिङ्गिय भन्दा बर्गिय मुक्तिका रुपमा उठाउन आवश्यक छ र सरकारको ध्यान त्यस तर्फ केन्द्रित होस । अन्त्यमा १०९औ अन्तर्राष्ट्रीय महिला दिवस महिला अधिकार प्राप्तीको लागि कोषेढुङ्गा सावित होस, सबैलाई शुभकामना ।

२०७५ फागुन २४ ।
बागलुङ
*लेखिका पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.