यात्रुहरुलाई सावधानी पुर्वक यात्रा गर्न मोटरबाटो निर्माण समितिको अपील !

झम सिर्पाली निसीखोला २०७५ फागुन २३ निसिखोला गाँपालिका वडा नं २ टारिफाँट हुँदै अर्नाकोट देउराली जाने ग्रामीण मोटरबाटो निर्माण हुँदै गरेकाले बायखोलाका बासिन्दा तथा त्यस क्षेत्रमा पैदल यात्रा गर्ने यात्रुहरुलाई सावधानी पुर्वक यात्रा गर्न मोटरबाटो निर्माण समितिले अनुरोध गरेको छ ।

निसीखोला गाँउपालिकाबाट आव २०७५/७६ मा टारिफाँट सिंदरी हुँदै अर्नाकोट जाने मोटरबाटो निर्माण शिर्षकमा बिनियोजित बजेटको कार्यन्वययन स्वरुप उक्त मोटरबाटो निर्माण सुचारू गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष टेक बहादुर कुवंरले जानकारी दिए । अहिले निर्माण कार्य निसीखोला २ को रातामाटा भन्ने स्थानमा भैइरहेकाले उक्त स्थानबाट तल पर्ने बायखोला गाउँका बासिन्दाहरुलाई नजिकैको बनमा घाँस दाउरा गर्ने, गाईबस्तु चराउने तथा जथाभावी पैदलयात्रा गर्ने कार्यलाई बाटो निर्माण अवधिसम्म रोक्न अनुरोध गरिएको छ । डोजर चलिरहेको अवस्थामा अचानक ढुंगा तथा काठमुढा पल्टिएर दुर्घटना हुनसक्ने भएकाले उक्त स्थानमा कार्य संचालन हुँदै गर्दा उच्च सतर्कताका साथ वैकल्पिक बाटोबाट यात्रा गर्नुपर्ने निर्माण समितिको भनाई रहेको छ ।

विहान ६ बजे देखि साँझ ७ बजेसम्म निर्माण कार्य संचालन हुने भएकाले त्यस समयमा विशेष सावधानी अपनाउनुपर्ने निर्माण समितिको सुझाव छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *