निजी र सामुदायिक विद्यालयको प्रतिस्पर्धाले शिक्षामा उल्लेखनीय प्रगती : प्रदेश सांसद कंडेल

बागलुङ २०७५ फागुन २३ । गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कंडेलले निजी र सामुदायिक विद्यालयको प्रतिस्पर्धाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन । बागलुङ सदरमुकाममा रहेको चिल्डेन लाईफ बोर्डिङ स्कुलको २० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उदघाट्न पश्चात बोल्दै सांसद कंडेलले शैक्षिक क्षेत्रको विकासका निम्ती निजी क्षेत्रका विद्यालयले पनि जिम्मेवारी भुमिका निर्वाह गरेको बताए । उनले सरकारले पछिल्लो समयमा ल्याएको शिक्षा नितिले शिक्षामा नै बर्गिकरण ल्याउनेमा शंका व्यक्त गरे । नेपाली काँग्रेसका प्रमुख सचेतक समेत रहेका कंडेलले बोर्डिङ स्कुलले शिक्षाका लागि विदेश पलायन हुनबाट रोग्न समेत मद्दत पु¥याएको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य तथा विद्यालयका पुर्व अध्यक्ष प्रकाश शर्मा पौडेलले निजी तथा सामुदायिक विद्यालयको संस्थागत विकासका सवैको सहयोगको आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, शिक्षा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवराज पौडेल, अभिभावक महेन्द्र कंडेल, धौलागिरी अंचल अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगर, अस्पतालमा मेडिकल अधिकृत डा. शैलेश वि पोखरेल विद्यालयका शिक्षक दिपेन्द्र न्यौपाने लगायतले बोलेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
फागुन १२ गते देखी विविध कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाउँदै आएको स्कुलले विहिबार मुख्य समारोह गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठ, शिक्षक भानु आचार्य, सुर्वण सापकोटा, रजि छन्त्याल, लेखापाल शिवलाल शर्मा, कर्मचारी ज्ञानु थापा, डिल बहादुर आचार्य, विद्यार्थी विविध थापा र सुरुची पराजुलीलाई विद्यालयले सम्मान गरिएको विद्यालयमा शिक्षक गोविन्द रानाले जानकारी दिए ।

विद्यालयमा १ हजार २ सय ७२ जना विद्यार्थी अध्ययनरत छन । हाल पेले ग्रुप देखी कक्षा ११ सम्म कक्षा संचालन गरिएको उक्त विद्यालयमा यसै शैक्षिक सत्र देखी कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु भएको छ ।

कार्यक्रम चिल्डेन लाईफ बोडिङ स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षता कोषाध्यक्ष उषा पौडेल, विद्यार्थी अनिश रेग्मी, आर्जन आचार्यको स्वागत शिक्षकद्धय विजया शर्मा र नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.