गल्कोट नगरपालिका- १ दुदिलाभाटीको कार्यालय उदघाटन !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत ८ । गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीको कार्यालय उदघाटन गरिएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका हिम बहादुर खड्का, नेकपा एमालेका भिम बहादुर भण्डारी, नेकपा माओबादी केन्द्रका जिवन भण्डारी, राष्ट्रिय जनमोर्चाका तिल बहादुर गुरुङ, साबिक दुदिलाभाटी गाबिसका निर्वतमान गाबिस उपाध्यक्ष गुमानसिह बुढाथोकि, कृषि बन तथा तथा वातावरण समिति दुदिलाभाटीका अध्यक्ष लाल बहादुर राना, समाजसेवी हिरा बहादुर काउचा, साबिक दुदिलाभाटी गाबिस वडा नम्बर ६ का संयोजक रन बहादुर बिक, वडा नम्बर ८ का संयोजक हरिमाया सुवेदीले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा दुदिलाभाटी वडाका सचिव काशिराम शर्माले स्थानिय तहको शासन सञ्चालन सम्बन्धि कार्यबिधि प्रस्तुत गनुभएको थियो । कार्यक्रम सचिव काशिराम शर्माको अध्यक्षता र दुदिलाभाटी स्वास्थ चौकिका प्रमुख मिनराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *