यसरी गरे प्रजिअ खरेलले सिद्धार्थ सदन आवासीय माबिकोे निरीक्षण !
सिडियो साहेब सँगै बसेर खाना खाईरहदा घरमै परिवारसंग खाएको स्मरण भयो – बिद्यार्थी

बागलुङ २०७५ फागुन २३ । बिहीवार बिहान बागलुङ नगरपालिका १ रामरेखा स्थित सिद्धार्थ शिक्षा सदन आवासीय माध्यमिक विद्यालय पुगेका जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कक्षा ८ र १० का बिद्यार्थीहरुलाई सामाजिक शिक्षा र गणित विषयको कक्षा लिईरहँदा बिद्यार्थीहरु निकै प्रभावित भएको देखियो ।

एसईई परीक्षाको तयारीमा रहेका कक्षा दशका विद्यार्थीहरु प्रमुख जिल्ला अधिकारी खरेललाई शिक्षकको रुपमा समिपमा पाउँदा आश्चर्ययुक्त अनुभूति मिलेको धारणा व्यक्त गरे ।

एसईई परीक्षाका तयारी गरिहेकी कक्षा दशमा अध्ययनरत छात्रा निलिमा पाण्डेले सिडियो साहेबले कक्षा लिईरहदा एक योग्य शिक्षकको रुपमा पाएको ईबागलुङलाई बताईन् । उनले भनिन्, सिडियो साहेबले हाम्रो कक्षा मात्रै लिनु भएन, हामी विद्यार्थीसँगै लाईनमा उभिएर खाना लिएर एउटै टेबुलका बसेर बिहानको खाना खाईरहँदा आफ्नै अभिभावसंग घरमा खाना खाएको स्मरण भयो । आज हामी साथीहरु सब प्रफुल्ल छौँ ।’

विद्यालयका प्रिन्सिपल बालकृष्ण केसीले ईबागलुङलाई भने, सिडियो साहेबले विद्यालय निरीक्षण गर्नु भयो, बिद्यार्थीहरुको पढाई र एसईई परीक्षाका तयारीको बारेमा बुझ्नु भयो, बिद्यार्थीहरुको भोजन (खानपिन), उनिहरुको आवास सुविधा आदिका बारेमा संज्ञान लिनु भयो ।
के भन्नु भयो त सिडियो साहेबले ? भन्ने हाम्रो प्रश्नमा प्रिन्सिपल केसीले, गर्मी मौसम आयो, बिद्यार्थीहरु सुत्ने कोठामाथी सिलिङ राख्नु पर्छ भनेर निर्देशन दिनु भएको बताए ।

यस आवासीय माध्यमिक बिद्यालयमा हाल ४ सय १५ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने होस्टेलमा बस्ने बिद्यार्थीको संख्या ५२ रहेको प्रिन्सिपल केसीले बताए ।

प्रजिअ एवं बालकल्याण समितिका अध्यक्ष खरेल केहि महिना अघी रामरेखामा रहेका केहि बोर्डिङ स्कूल (आवासीय बिद्यालय)हरुको निरीक्षण गर्दा त्यहाँ देखिएका केहि कमजोरी र लापर्बाहीलाई लिएर तुरुन्तै सच्याउन निर्देशन दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.