ढोरपाटनको वडा वडामा १०९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईदै !

दिनेश शर्मा बुर्तिवाङ २०७५ फागुन २३ । ढोरपाटन नगरपालिकामा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वडा वडाहरुमा मनाईने भएको छ । विगतका वर्षहरुमा बुर्तिवाङमा केन्द्रित रहेर मनाईदै आएको अन्तरराष्ट्रिय महिला दिवस यस वर्ष ढोरपाटन नगरपालिकाको वडा १,२ र ३ को संयुक्त रुपमा बुर्तिवाङ बजार तथा वडा ७, ८ र ९ मा संयुक्त रुपमा बोवाङ र अन्य वडा ४, ५ र ६ को वडाहरुमा अलग अलग कार्यक्रम गरी मनाईने भएको छ ।

उप प्रमुख कर्मती पुन मगर

“संविधानको कार्यान्वयन तथा सम्वद्धिको लागी अघि बढौँ” भन्ने मुल नाराकासाथ भोलि मार्च ८ तारीखमा मनाईने १ सय ९ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा महिला हकहितका विषयमा अन्तरक्रिया, बक्तृत्वकला प्रतियोगिता, गीती प्रतियोगिता, नृत्य प्रतियोगिता, एकल महिला सम्मान आदि विविध कार्यक्रमहरु गरी मनाईने ढोरपाटन नगरपालिकाकी उप प्रमुख कर्मती पुन मगरले ईबागलुङलाई जानकारी दिईन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यस अघी बुर्तिवाङ बजारमा केन्द्रित रहेर मनाईरहदा ग्रामिण/दूरदराजका महिला दिदीबहिनीहरुले महिला दिवसको महत्व र गरिमालाई प्रत्यक्ष अनुभव गर्न नपाएको बास्तविकतालाई मध्यनजर गरी यस वर्ष वडाहरुमै विविध कार्यक्रमहरुको आयोजना गरी महिला दिवस मनाउन लागिएको उपप्रमुख मगरले बताईन् ।

महिला दिवस मनाउनका लागी आवश्यक बजेट ढोरपाटन नगरपालिकाले उपलव्ध गराउने भएको पनि उपप्रमुख मगरको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.