निसीखोला-२ मकै पकेट क्षेत्र : कृषि क्षेत्रको विकासबाटै आर्थिक उन्नति सम्भव- अध्यक्ष पौडेल

झम सिर्पाली, निसीखोला २०७५ फागुन २३ । पश्चिम बागलुङको निसबखिोला गाउँपालिका वडा नं २ साविकको देविस्थान गा।वि।स। वडा नं ७ र ८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्रको रुपमा विकसित गरिने भएको छ । यसैबीच बुधवार निसीखोला २ मा मकै पकेट क्षेत्रका कृषक तथा स्थानीय कृषि समुहका सदस्यहरुलाई व्यवस्थित कृषि उत्पादन तथा आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि गर्ने विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

स्थानीय कृषक निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्मा, वडा सदस्य थमकुमारी विश्वकर्मा, नेपाल कृषक महासंघ निसिखोलाका अध्यक्ष भिम बहादुर चन्द लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले कृषि क्षेत्रको विकासबाटै आर्थिक उन्नति सम्भव भएकाले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुका साथै सम्पुर्ण युवाहरूलाई आधुनिक कृषि प्रणाली अनुसार व्यवसायिक कृषि र उत्पादनशली कार्यका सक्रिय हुन समेत अपिल गरेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका अधिकृत वासुदेव रेग्मी वाली संरक्षण अधिकृत नारायण पौडेलले प्रशिक्षणात्मक मन्तय राखेका थिए ।

कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्रका अध्यक्ष ठग बहादुर विश्वकर्माको अध्यक्षता तथा सचिव ईद बहादुर रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.