लायन्स र लियो क्लबहरुको आयोजनामा भीमा पोखरामा स्वास्थ्य शिविर सम्पन्न !

बागलुङ, २०७५ फागुन २३ । काठेखोला गाउपालिका २ साबिक भीमापोखरा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा क्रियाशील लायन्स क्लब अफ बागलुङ र लायन्स क्लब अफ बागलुङ कालीगण्डकी तथा लियो क्लब अफ बागलुङको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको लायन्स क्लब अफ कालीगण्डकीका अध्यक्ष अनुप रिजालले ईबागलुङलाई बताए ।

धौलागिरी अन्चल अस्पतालको प्राविधिक सहयोग रहेको सो बृहत् स्वाास्थ्य शिविरमा सदरमुकाम स्थित सफल आँखा क्लिनिकले सेवा प्रवाह गरेको थिए भने शिविरबाट झण्डै तीनसय जना लाभिान्वित भएका थिए । शिविरमा सामान्य स्वास्थ्य परीक्षण लगायत आँखा र दाँतको उपचार गरिएको थियो । शिविरको व्यवस्थापनमा पुष्पान्जलि ग्रामिण विकास केन्द्रको रहेको पनि अध्यक्ष रिजालले बताए ।

कार्यक्रममा सांसद डा सूर्य पाठक, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष रिजाल, वडा अध्यक्ष विद्यापति शर्मा, लायन्स क्लब अफ बागलुङका पूर्व अध्यक्ष युक्त सुवेदी, लायन्स क्लबका जोनल चियरपर्सन दुर्गा कुवँर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ बागलुङका अध्यक्ष प्रकाश चालिसेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सन्चालन सचिव प्रेम केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.