वर्तमान ओली सरकारको कार्यशैली प्रति असन्तुष्ट काँग्रेसले बागलुङमा विरोध सभा गर्ने !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ फागुन २३ । प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामि फाल्गुन २६ गते बागलुङमा विरोध सभागर्ने जनाएको छ ।

निर्मला हत्याकाण्ड, ३३ किलो सुन काण्ड, शिक्षक आन्दोलन, वाइडवडि विमान भष्टाचार लगाएत दर्जनौ मुद्दाका बिषयमा सरकारलाई दवाब दिनका निम्ती नेपालीकाँग्रेस सभापती शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लगाएतका नेताहरुको उपश्थितीमा बिरोध कार्यक्रमको आयोजना गरिएको क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बताए ।

बागलुङका स्थानिय पालीकामा पुगेर अगुवा कार्यकर्तालाई उक्त कार्यक्रममा सहभागि हुन अपिल गर्दैे विरोध सभालाई भव्यरुपमा सफल पारिने बताइएको छ ।

सोहि सिलसिलामा बुधबार निसीखोला गाउँपालिकामा पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीसँग भेटघाट कार्यक्रम गरिएको थियो । क्षेत्रीय सभापति कुवँर, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्कीको बिशेष उपस्थिती रहेको कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं.४ का अध्यक्ष टिकानिधी पौडेल, ५ का अध्यक्ष हर्कमान बुढा, ६ का अध्यक्ष सुर्यबहादुर घर्तिमगर, ७ का अध्यक्ष नहकुल कुवँर, ७ वटै वडाका पार्टी अध्यक्ष, वडा सदस्यहरु, गाउँपालिका पार्टी सचिब राजमान बुढा, तरुणदलका वडा सदस्यहरु, शिक्षक संघका पदादिकारी लगाएतको सहभागित रहेको कार्यक्रममा आगामि २६ गते हुने जिल्लाको कार्यक्रमलाई सफल पार्न व्यापाक सहभागिता जनाउने निर्णय गर्दे पार्टीको साँगठनिक अवस्था, आगामि प्रदेश तहको निर्वाचन, सरकारले गरीरहेको कामको अवस्था लगाएत समसामयिक बिषयमा छलफल गरिएको थियो ।

त्यस्तै ढोरपाटनमा बन्ने भनिएको उत्तरगँगा जलाशययुक्त विधुत आयोजना,मध्यपहाडी लोकमार्ग, अर्नाकोट एयरपोर्ट, सालझण्डी ढोरपाटन सडक लगाएत योजनाका बिषयमा सम्बन्धित निकायमा चाँडो काम अगाडी बढाउन ध्यानाकर्षण गराउने लगाएतका निर्णय भएको श्रोतले बतायो ।
कार्यक्रम नेपाली काँग्रेस निसीखोला ग्राम सभापती इन्द्रबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.