निसी भल्कोट देखि बुटवल तथा काठमाडौ सिधा बस सेवा सन्चालन !

झम सिर्पाली निसीखोला २०७५ फागुन २२ । निसीखोला गाउँपालिका वडा नं ६ को भल्कोट देखि काठमाडौ तथा बुटवलका लागि सिधा बस यात्राको सुविधा उपलब्ध हुने भएको छ । निसीखोला गाउँपालिका र रुकुमसम्मका यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै दैनिक रुपमा डिलक्स बसमा आरामदायी यात्राको लागि सेवा संचालनमा ल्याइएको बुर्तिवाङ यातायात व्यवसायी समितिका अध्यक्ष मेषलाल शर्माले ईबागलुङ लाई बताए ।

आजै निसीखोलाको विभिन्न स्थानमा सम्पर्क कार्यलय तथा टिकट बुकिङ काउन्टरको उद्घाटन गरिएको छ । निसीखोला गाउँपालिका वडा नं ४ झिवाखोला र ५ निसीमा समाजसेवी प्रेम घर्तीमगरले, वडा नं ६ भल्कोटमा वडाध्यक्ष सूर्य बहादुर घर्तीमगरले र वडा नं २ जुग्जाखोलामा वडाध्यक्ष कुविर विश्वकर्माले रिवन काटेर सेवा सुचारु गरेको यातायात व्यवसायी रोशन विश्वकर्माले जानकारी दिए ।

बुर्तिवाङ यातायात व्यवसायी समितिका कोषाध्यक्ष खुम बहादुर जिसी, काउन्टर इन्चार्ज सुरज विश्वकर्मा, यातायात व्यवसायी रिम विश्वकर्मा लगायतको उपस्थितिमा सेवा उद्घाटन गर्दै आजै बुटवल र काठमाडौका लागि डिलक्स बस छुटाईएको हो । अबोप्रान्त भल्कोट देखि काठमाडौका लागि विहान १० बजे र भल्कोट देखी बुटवलका लागि दिउँसो २ बजे देखि नियमितरुपमा बस छुट्ने समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.