गल्कोट प्रवेश व्दारको निर्माण कार्य पुन: सुरु, दुई महिनामा सम्पन्न गरिने !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन २२ । गल्कोट प्रवेशव्दारको निर्माण कार्य आईतबारदेखि पुन सुरु भएको छ । गल्कोट समाज जापानव्दारा गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको सीमाना बिहुँ घोँडाबाँधे नजिक निर्माणाधीन गल्कोट प्रवेशव्दारको निर्माण कार्य आगामि बैशाख महिनामा सम्पन्न गरिने बताईएको छ ।

ठेकेदार र प्राबिधिकको लापरवाहीका कारण निर्माण हुदै गर्दा गत बर्ष ढलेको प्रवेशव्दारको निर्माण कार्य फागुन १९ गतेदेखि पुन सुचारु गरिएको ठेकदार जय बुढाथोकीले बताए । गत मंसिर महिनामा गल्कोट समाज जापानको नेतृत्वमा गलकोट समाज गल्कोट र ठेकेदारहरु सँग पुन बैशाख १ गते निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको गल्कोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेले बताए ।

ठेकेदार वीरजङ भण्डारीका अनुसार गलकोट समाज गलकोटले उपलब्ध गराएको नक्सामा आधिकारीक कम्पनीको स्टाम्प, हस्ताक्षर लगायतमा आधाकारीकता नभएकाले निर्माण कम्पनीका ईन्जिनिरले काम गर्न नमानेको बताए ।

उक्त बिषयमा गलकोट समाज गलकोटसँग निर्माण कार्यलाई ब्यवस्थित गर्न नक्सा निर्माण कर्ता तथा सुपरभाईजरको ब्यवस्था गर्न पटक पटक आग्रह गरे पनि सुनुवाई नभएको ठेकेदार भण्डारीको भनाई छ । हामी समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रयासमा जुटिरहेका छौ तर गलकोट समाज गलकोटले आधाकारिक नक्सा र सुपरभाईजरको ब्यवस्था नगर्दा काममा ढिलाई भएको भण्डारीले बताए । भण्डारीका अनुसार अहिले पिल्लरको जाली बुन्ने कार्य सुरु भएको बताए । समाजका प्रतिनिधिले गेट निर्माणको बिषयमा चासो नदेखाएपछि बिचमा निर्माण कार्य ढिलाई भएको भण्डारीले बताए ।

समाजका अध्यक्ष हर्क पाण्डेका अनुसार अहिलेसम्म ठेकेदारलाई १५ लाख बुझाई सकिएको र १ लाख समाजका सचिव देबेन्द्र खत्रीलाई गजुर खरिदका लागी दिएको खुलासा गरे । निर्माण गर्दै गर्दा प्रवेशव्दार ढलेपछि पुन समाजले ५ लाख थप गर्ने सहमति भएको गलकोट समाज जापानका अध्यक्ष दिलु खत्रीले बताए । प्रवेशव्दार निर्माणका लागी १७ लाखमा गल्कोटका बीरजङ भण्डारी र जय बुढाथोकीले ठेक्का लिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.