खाद्य स्वच्छता मुल्यांकनको आधारमा प्रजिअ खरेलले दिए होटेल रेड एपललाई ‘ग’ स्टिकर !

बागलुङ २०७५ फागुन २२ । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले बागलुङ सदरमुकाममा सन्चालनमा रहेको होटेलहरुलाई खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका २०७४ को अनुसूची १ बमोजिम मुल्यांकन गरी बर्गिकरण गर्ने कार्य जारी राखेको छ ।

यसै सिलसिलामा आज खाद्य स्वच्छता समूहव्दारा गरिएको अनुगमन/मुल्यांकनको आधारमा होटेल रेड एपललाई प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले हरियो रगको ग स्टिकर प्रदान गरेका छन् । ग स्टिकर प्राप्त गर्ने होटेललाई सन्तोष जनक मानिन्छ ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङका निमित्त प्रमुख केदार पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्त, खाद्य स्वच्छता समूहका सदस्यहरुको समुपस्थिति रहेको थियो ।

यस अघी पहिलो चरणमा सदरमुकाम स्थित गोविन्दाज शाकाहारी भोजनालय, होटेल पीस प्यालेस, न्यू होटेल हिलभ्यू, सितल पार्टी प्यालेस र होटल दी राजन सहित पाँच वटा होटेलहरुमा हरियो स्टिकर टाँसेर (सन्तोष जनक) प्रमाणीकरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.