जापानमा रहेका गल्कोटका युवाहरुव्दारा निलुवाको पर्यटन विकासमा सहयोग !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत ८ । रोजगारीको सिलसिलामा जापान पुगेका गल्कोटका युवाहरु गाउँको बिकास निर्माणमा अग्रसर बनेका छन । रोजगारी र अध्ययनको सिलसिलामा जापान पुगेका गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवाका युवाहरु गाउको बिकासमा लागेका हुन ।

पसिना र परिश्रमको कमाईबाट युवाहरुले बिदेशको आम्दानीको केहि हिस्सा गाउको बिकासमा खर्च गर्न तत्पर बनेका छन । चमुवा देखि पर्यटकीय निलुवा उपत्यका सम्म मोटरबाटो पु¥याउनका लागी उनिहरुले ३ लाख रुपिया सहयोग गरेका हुन ।

निलुवा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको उक्त रकम उपभोक्ता समितिलाई पठाईसकेको समितिका कोषाध्यक्ष बिकास सुवेदीले बताए ।

आफनो मातृभुमिको बिकासमा प्रवासमा रहेपनि केहि योगदान गनुपर्छ भन्ने मान्यताका साथ उक्त रकम संकलन गरेको समाजका सदस्य मोहन सुवेदीले जानकारी दिए ।

निलुवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी स्थानिय स्तरमा समेत पहल अगाडि बढाईएको छ । पर्यटन बिकास कार्यालय पोखराको ५ लाख सहयोगमा पदमार्ग निर्माण कार्य अगाडि बढाईएको निलुवा पर्यटन प्रबन्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए ।
स्वदेश तथा बिदेशबाट सहयोग आउन थालेपछि निलुवाको स्वरुप परिवर्तन हुने लेखा समिति सदस्य ईश्वर सुवेदीले विश्वास व्यक्त गरेका छन् । जापानबाट प्राप्त भएको सहयोग मोटरबाटो निर्माणका लागी खर्च गरिने सुवेदीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.