ढोरपाटन नगरपालिकामा ६ हजार भेडा बाख्रामा पीपीआर रोग बिरुद्धको भ्याक्सिन लगाइयो !

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन २१ । ढोरपाटन नगरपालिकामा भेडा बाख्रामा पि.पि.आर. रोग विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम सकिएको छ । गत माघ ९ गतेबाट सुरु गरिएको भ्याक्सीन लगाउने कार्यक्रम ९ औटै वडामा सम्पन्न भएको पशु शाखा ढोरपाटन नगरपालिकाका पशु प्राविधिक टेकमायाँ खड्काले जानकारी दिएकी छन् ।

पशु प्राविधिक खड्काका अनुसार नगरपालिकाका ९ ओटै वडामा गरी ६ हजार भेडा, बाख्रामा पि.पि.आर रोग विरुद्धको भ्याक्सीन लगाइएको छ । जस अन्तर्गत वडा नं. १ मा २ सय, वडा नं. २ मा ९ सय, वडा नं. ३ मा ४ सय, वडा नं. ४ मा ६ सय भेडा बाख्रामा भ्याक्सीन लगाइएको छ । त्यसैगरी वडा नं. ५ मा ६ सय, वडा नं. ६ मा १ हजार, वडा नं. ७ मा १ हजार, वडा नं. ८ मा ५ सय र वडा नं. ९ मा ८ सय भेडा बाख्रामा भ्याक्सिन लगाइएको छ ।

समयमै नियन्त्रण गर्न नसकिए भेडा बाख्रामा महामारीका रुपमा देखिने पि.पि.आर. रोग नियन्त्रणका लागि ढोरपाटन नगरपालिका अन्तर्गत रहेको पशु शाखाका पशु प्राविधिक खड्का र कमला घर्ती सहितको टोलीले किसानहरुको फार्म तथा घर–घरमा पु्गेर पि.पि.आर रोग विरुद्धको भ्याक्सिन लगाएको थियो ।

भेँडा बाख्रामा पि.पि.आर रोग लागेपछि १०६ देखी १०८ डिग्री फरेन्हाईटसम्मको ज्वरो आउँने, घाँसपानी खान छोड्ने र आँखा राता देखिने, गिजा र जिब्रोबाट घाऊ आउन सुरु गर्ने र बिस्तारै मुखतिर फैलिने, छेरौटी लाग्न,े आँखाबाट चिप्राहरु आउने र नाकबाट बाक्लो पहेंलो सिंगान बग्ने, निरन्तर खोकिरहने जस्ता विभिन्न लक्षणहरु देखिने पशु प्राविधिक खड्काले बताईन् । भेडा, बाख्रालाई पि पि आर बाट मुक्त राख्न खोप लगाउने, सुरुमा ३ महिनाको उमेर पुगेपछी पहिलो पल्ट लगाउने र बर्षै पिच्छे दोहो¥याई रहनुपर्ने उनले बताईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.