अनुरोध प्रगतिशील युवा क्लवको बार्षिकोत्सव सम्पन्न : युवालाई उत्पादनमा जोडिन नगरप्रमुख सापकोटाको आग्रह

कौरव खत्री, गुल्मी २०७५ फागुन २१ । अनुरोध प्रगतिशील युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअरेवा गुल्मीको १९ औ बार्षिकोत्सव विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित सोमबार सम्पन्न भएको छ ।

बार्षिकोत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले खेलको विकास संगै सामाजिक विकास हुनुपर्नेमा जोड दिए । साथै नगरप्रमुख सापकोटाले हरेक युवा उत्पादनमा जोडिनुपर्ने वताउँदै नगरप्रमुख सापकोटाले प्रविधि, विउ, अनुदान नगरपालिकाले दिँदै श्रमको सम्मान गर्ने वातावरण गराउन नगरपालिका लागेको वताए ।

साथै नगरप्रमुख सापकोटाले खेलको विकासको लागी आवश्यक पर्ने सवै पूर्वाधारको जिम्मा नगरपालिकाले लिने भन्दै युवाहरुलाई सामाजिक विकासमा लाग्न आग्रह गदै कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको भन्दै मेयर सापकोटाले युवाहरुलाई विदेश नगइ उत्पादनमा जोडिन आग्रह गरे ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी,मुनपाका कार्यपालिका सदस्य जुद्धवीर विक नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कौरव खत्री लगाएतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जनवादी गायक जीवन शर्माले सिमली छाँयाले लगाएतका गित प्रस्तुत गरेका थिए ।

शिवरात्रीको अवसर पारेर गत फागुन १६ देखि शुरु भएको कार्यक्रमको खुल्ला भलिवल प्रतियोगीता तर्फ इन्द्रेणी युवा क्लव बडीगाड गाँउपालिका १ दगा बागलुङले नगद कप,मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने खर्वाङ्ग युनिटी गायज बडीगाड गाँउपालिका २ खर्वाङ्गले नगद कप,मेडल र प्रमाण पत्र सहित व्दितीय पुरस्कार हात पारेको छ । यस्तै उत्कृष्ट भलिवल खेलाडीमा खर्वाङ्ग युनिटी गायजका गंगा बहादुर विक घोषित भएका छन् ।

सोमबार भएको रेकर्ड नृत्य प्रतियोगीतामा सिँजाली गायज मनेवा प्रथम, बडिगाड गायज खर्वाङ व्दितिय भएका छन् । कार्यक्रममा खुल्ला भलिवल प्रतियोगीता चलिरहेको छ भने घैंटोफोड, म्याराथुन दौड लगाएतका कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रम क्लवका अध्यक्ष इन्द्र वहादुर पुन (राजु)को अध्यक्षता, सचिव पृथ वहादुर हितानको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक शक्तिराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.