राक्सेमा महाशिवरात्रि मेला सम्पन्न : शितल युवा क्लबलाई रु २ लाख दिने नगरप्रमुख नेपालीकाे उद्घोष !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ÷ फागुन २१ । बडीगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा रहेको शितल युवा क्लवले आयोजना गरेको चौथो वार्षिकोत्सव तथा महाशिवरात्रि मेला सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले स्थानिय क्लवले खेलकुद साँस्कृतिक कार्यक्रम मार्फत प्रतिभाको उजागर गर्दै आएकोमा प्रशन्नता व्यक्त गरे । उनले आगामी दिनमा क्लवलाई सामाजिक कार्यमा सक्रियता बढाउन आग्रह समेत गरे ।

विकास निर्माण शिक्षा स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रम मार्फत क्लवहरु प्रत्यक्ष जनतासँग जोडिएर काम गर्नुपर्नेमा नगरप्रमुख नेपालीको सुझाव थियो ।

जनप्रतिनिधीहरुलाइ जनताले विश्वास गरेर जिम्मेवारी दिएकोले त्यो विश्वासलाई कहिल्र्य टुट्न दिन नहुने बताउदै नगरप्रमुख नेपालीले अब ढोरपाटनको शिरदेखी बडीगाडको तिर सम्म एकजुट भएर विकासको मूल फुटाउन सबै एकतावद्ध हुनुपर्ने बताए ।

सो अवसरमा नगर प्रमुख नेपालीले युवाका सामाजिक कार्यमा जनप्रतिनिधीको सदैव साथ रहने विश्वास दिलाउदै ढोरपाटन नगरपालिकाबाट शितल क्लवका लागि रु १ लाख रुपैया बजेट विनियोजन गरिदिने र आफुले व्याक्तिगत रुपमै क्लवका लागि १ लाख ५ हजार रुपैयाको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरे ।

नगर प्रमुख नेपालीले आम दिन दुःखीको दिन नआएको भन्दै वामपन्थी सरकारले जनताको अनुहारमा हाँसो आउने गरि काम गर्ने विश्वास व्यक्त गरे । अव उधारा कुरा गर्ने नेताको काम नभएको भन्दै नेताको मात्रै पछि नलाग्न र नगदमा हिसाव माग्न उनले आग्रह गरे ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सदस्य राजिव घिमिरेले समृद्ध नेपाल र सुखि नेपाली अभियानमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

समापन समारोहमा ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनको पनि विशेष उपस्थिति रहेको थियो ।

महाशिवरात्रि मेलाका गत फागुन १८ गते बडीगाड गाउँपालिका वडा नं। २ का कार्यवाहक अध्यक्ष हिमा खरेलल मेलाको उद्घाटन गरेकी थिईन् ।

मेलामा पुरुष भलिवल प्रतियोगिता तर्फ इन्द्रेणी युवा परिवार बडीगाड गाउँपालिका १, दगा विजेता वन्दै ४० हजार हात पारेको छ । त्यस्तै दिभान्स होटल खर्वाङ उपविजेता हुँदै २५ हजारमा चित्त वुझाएको छ भने कालिका फ्रेस हाउस सिसाखानीको समुह तृतिय भएको छ। त्यस्तै रेकर्ड नृत्य प्रतियोगितामा दगाको साँस्कृतिक समुह प्रथम, बडिगाड गायज राक्से द्धितिय तथा त्रिभुवन मावि भुवाचिदी तृतिय भएका छन्।

कार्यक्रममा संस्थाका संस्थापक, पूर्व अध्यक्ष, सहयोगदाता लगाएतलाई सम्मान गरिएको थियो । समापन कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार ,पुरण प्रभात र गायिका अनु रानाको सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष फारम थापाको अध्यक्षता क्लवका उपाध्यक्ष देव बहादुर थापाको स्वागत मन्तव्य र काँशिराम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

समाज रुपान्तरणमा हाम्रो अभियान भन्ने नारा सहित २०६१ सालमा स्थापना भएको शितल परिवार हाल शितल क्लवमा रुपान्तरण हुँदै विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

राक्सेबाट सहकर्मी कमल पौडेलको सहयोगमा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.