अछुत

झम सिर्पाली

दिनभरी पसिना बगायो
रातभरीको निद थकाईले भगायो
र त अछुत भयो उ,

आफ्ना बालबच्चा भोकै राखी
साहुको बालबच्चा पोष्यो
मालिकको घर लाई गगनचुम्बी स्थान दियो
आफ्नो खरको झुपडिमा आगो झोंस्यो
अब भिखमा एकमुठ्ठी चामलको भोगी भयो
झुपडीका साथ पारिवारिक आश्रय गुमाई जोगि भयो
र त अछुत भयो उ,

ततरबितर ती लालाबाला रित्तिए रोग र भोकले
जोगिबाट महाजोगी भयो उ पिर र शोकले
अब मस्त निदाउनु छ उस्लाई
साहुको कुकुर बस्ने गोठको तल्लो तलामा
भारी बोक्ने बोराको सिरानी अनि नाम्लो छ गलामा
र पनि मस्त निदाउनुछ उस्लाई घोँडा बाध्ने तबलामा
र त अछुत भयो उ,

उस्का अबोध बच्चाहरुलाई गाडिएका चिहानमाथी
पलाएका रुखहरु छहारी बस्ने भइसके
उस्का साहुका सन्ततिको कमाईले बनेका महलहरु
यस्सोको भलाक्दा टोपी खस्ने भईसके
सब्बैलाई अवगत छ ती महलमा त्यही अछुतको
पसिना इट्टा इट्टामा सोसिको छ
तर खै कस्लाई के मतलब छ त्यही महलमा उहि अछुतको
डेढ मिटर ओछ्यान खोसिएको छ
र त अछुत भयो उ,.

निसीखोला
२०७५ फागुन २० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.