गजल गीत : आज फेरि तिम्रो याद आयो मध्यरातमा !

आज फेरि तिम्रो याद आयो मध्यरातमा।
अनायासै देब्रे छाती खायो मध्यरातमा।।

मुटु दुख्यो धड्कनले तिम्रै नाम वोलायो।
सिरानीले आँसु मात्र पायो मध्यरातमा।।

बर्बरिदै छट्पटाए गरे अनि खै म के के।
था भएन मन्ले तिम्लाइ चायो मध्यरात्मा।.

तिमी सङै विताएको त्यो अतीत सम्झिएर।
रोयो आत्मा पलमै गीत गायो मध्यरातमा।।

तनले मेरो घायल यो जीवन्ले नि प्रिय ।
हुन पाए तिमी सङै मायो मध्यरातमा।।

निर्मल पौडेल एन पि घायल
कुस्मा पर्बत।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.