यदि नाप्ने यन्त्र भए, नापेरै देखाई दिन्थे प्रिय !

दुनियाँको अगाडी हाम्रो माया खास हुनु पर्छ
मन मुटुमा सधै मायाँको आभास हुनुपर्छ ।
दुनियाँका अनेक थरी कुरा कहिल्यै नसुन
एकाअर्काप्रती सबै कुरामा बिश्वास हुनु पर्छ ।
***
तिम्रै यादमा एकोहोरो हुन थाल्छ अचेल मन
किन सम्झिएर पलपल रुन थाल्छ अचेल मन ।
तिम्रो दिलमा चोट लाग्दा दुख्ने गर्छ यहा मलाई
रुदा रुदै तस्वीर तिम्रो छुन थाल्छ अचेल मन ।
***
मिल्ने भए पीडा कति भन्ने लेखाई दिन्थे प्रिय
मनको इच्छा पनि सबै तिम्रो मेटाइ दिन्थे प्रिय !
कति धेरै मायाँ गर्छु म तिमीलाई, बिस्वास गर्दैनौ
यदि नाप्ने यन्त्र भए नापेरै देखाई दिन्थे प्रिय !

सबिता खत्री ‘जिज्ञासु’
गल्कोट,
२०७५ फागुन २० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *