नेपाली सेनाव्दारा ढोरपाटनस्थित ढोरबराह मन्दिर परिसर र सडकको हिँउ पन्छाएर सरसफाई !

ढोरपाटन २०७५ फागुन २० । आज सेना दिवसको अवसरमा ढोरपाटन स्थित हनुमानध्वज गुल्मको सक्रियतामा ढोरबराह मन्दिर परिसर तथा उत्तरगंगा आसपासको सडक सरसफाई गरिएको छ ।

यस वर्ष अत्याधिक हिमपात भएको र सडकहरु हिउँले ढाकिएको हुँदा ढोरबराह मन्दिरमा पूजार्चना गर्न आउने श्रद्धालु एवं ढोरपाटन उपत्यका अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको सुविधाका लागि उत्तरगंगा आसपासका स्थानीयहरुको सहयायेगमा नेपाली सेनाले सडकको हिँउ पन्छाई सरसफाई गरिएको सहकर्मी ईन्द्र शाहीले जानकारी दिएका छन् । गत वर्षहरुमा पनि नेपाली सेनाले हिमपात भएको बेला मन्दिर तथा सडक सरसफाई गर्दै आईरहेको छ ।

केहिदिन पहिले ढोरपाटनमा हिउँको दृश्यावलोकन गर्न आएका आन्तरिक पर्यटकहरु बाख्लो हिँउमा परी गन्तव्यमा पुग्न नसक्दा हनुमानध्वज गुल्मका सेनाहरुले उनिहरुको उद्धार गरेर गन्तव्य सम्म पुराएका थिए । ढोरपाटन घुम्न आउने आन्तरिक एवं वाह् पर्यटकहरुका सवारी साधनहरु हिउँमा अड्किएपछी सेनाले उद्धार गर्दै आएको सहकर्मी ईन्द्र शाहीले बताए ।

तस्वीर- ईन्द्र शाही, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *