बिुहँ त्रिपुरेश्वर महादेव मन्दिरमा राष्ट्रियस्तरको लोक भजन प्रतियोगिताको उद्घाटन !

भरतप्रसाद सापकोटा, बिुहँ बागलुङ २०७५ फागुन २० । बिहुँ रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थल रुपमा परिचित गराई आन्तरिक तथा बाह्यपर्यटकहरुलाई यस पवित्र भुमिमा भित्र्याउने साथै लोप हुदै गरेको संस्कृतिलाई संरक्षण गर्न टेवा पुर्याउने उद्देश्यले बिहुँकोट खुलकूद तथा समाज विकास केन्द्र, बिहुँको आयोजनामामा राष्टियस्तरको खुल्ला लोक भजन प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिस्तरको खुल्ला लोकभजन प्रतियोगिताको स्वामी परमानन्द सन्यास आश्रमका संरक्षक १००८ स्वामी भाष्करानन्द सरस्वतीले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

प्रतियोगितामा स्थानीय बाहेक प्रदेश स्तरीय १८ टिमको सहभागिता रहेको आयोजकले जनाएका छन् । प्रतियोगिता आजै समापन हुने पनि आयोजकको भनाई छ ।

१००८ स्वामी श्री प्रमानन्द सरस्वतीको जन्मथलो रहेको बिहुंलाई धार्मिक गन्तब्यको रुपमा बिकास गर्नका लागि तथा प्रचार प्रसार कै अभावमा ओझेलमा परेको यस त्रिपुरेश्वर महादेव मन्दिरमा रहेका ठुलो शिवलिङ्ग र धार्मिक मान्यताको बिषय सबैलाई बुझाउनको लागि यो लोक भजन प्रतियोगिा कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

आज महाशिवारात्रि पर्वका दिन त्रिपरेश्वर महादेव मन्दिरमा श्रद्धालुहरुको बिहानै देखी भीडलागेको छ । आजकै शुभदिनमा खुल्ला लोकभजन प्रतियोगिता आयोजना गरिएको हुँदा बिहुँ रामकोटमा चहलपहल बढेको छ ।

बिुहँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, अर्जनवाणगण बिहुँ घोँडाबाँधेका प्रमुख सेनानी भुवन देवकोटा, काठेखोला गाउपालिकाका अध्यक्ष अमरबहादुर थापा वडा ५ का वडाध्यक्ष शिवप्रसाद कँडेल लगायतको उपस्थिति रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.