१२ बर्ष पहिले नै शिलान्यास गरिएको बसपार्क पुन: शिलान्यास गरिनु हास्यास्पद !
बागलुङ नगरपालिका भ्रष्टाचार प्रकरण : दोषिहरुलाई कानूनी कार्बाही गर्न नेपाली काँग्रेसको माग !

कोपिला कँडेल, बागलुङ २०७५ फागुन १९ । बागलुङ नगरपालिकामा अनियमितता गर्नेलाई कानुनी दायरमा ल्याउन नेपाली काग्रेस बागलुङ माग गरेको छ ।

नेपाली काग्रेस बागलुङले आईतबार पत्रकार सम्मेलन गरि महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिका भित्रको अनियमितताको पुष्टी गरेकोले त्यसमा संलग्नलाई कारबार्ही गर्न माग गरेको हो ।

नगरपालिका भित्र बसपार्क निमार्ण, नेत्रज्योति सघंको भवन निमार्ण, बिभिन्न खानेपानी आयोजना, हवाईजहाज संचालन, कोरिया भ्रमण, गाडी खरिद, बेथितिपुर्ण चन्दा वितरण लगाएका दर्जनौ अनियमितता सगै देखिएको करोडौ बेरुजु सहितको प्रतिवदेन प्रति गभ्भिर ध्यानाकर्षण भएको नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले बताए ।

उनले दोषमाथि यथाशिघ्र कानुनी दायरामा ल्याउन माग समेत गरे । नगरपालिका सम्पुर्ण जनविरोधी गतिविधिको अन्त्य गर्दै आवश्यक करको भारलाई फिर्ता गरि जनतालाई सेवासुविधा प्रदान गरि सुशासनको प्रत्याभुति दिलाउनुपर्ने उनको भनाई थियो ।

बसपार्क निमार्णका लागि आज भन्दा १२ बर्ष अगाडि शिलान्यास भएको बसपार्क निमार्णमा पुन शिलन्यास गर्नु हास्यास्पद भएको काग्रेस बिज्ञप्ती मार्फत जनाएको छ । बसपार्कमा देखिएको अनियमितता, ढिलासुस्तीलाई खवरदारी गर्न नेपाल बिद्यार्थी सघंले सांकेतिक रुपमा बिरोध प्रर्दशन गरेको समेत काग्रेसले जनाएको छ ।

काग्रेसले विज्ञप्ती मार्फत सम्पुर्ण अनियमितताका दोषिहरुलाई तत्काल कानुनी कार्वाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेको छ । नेपाली काग्रेसले बिभिन्न खवरदारी र आन्दोलन मार्फत जनताका बिचबाट उचित जवाफ दिन बाध्य हुने समेत काग्रेस सभापति थापाले पत्रकार सम्मेलनमा बताए ।

सम्वन्धित लिंक

शहरी विकास मन्त्री इश्तियाक राईबाट बागलुङ बसपार्कको १२ वर्ष पछी पुन: शिलान्यास गराईँदै !

बागलुङ नगरपालिकामा करोडौँ अनियमितता, कार्बाही गरी असुल गर्न महालेखाको निर्देशन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *