स्व.सबिन क्षेत्रीको परिवारलाई उपचार र दाहसंस्कारकाे खर्च कटाइ १६ लाख नगद हस्तान्तरण !

घनश्याम गौतम, गल्कोट/जापान २०७५ फागुन १९ । गल्कोट समाज जापानद्वारा उपचारका क्रममा जापानमा मृत्यु भएका स्व.सबिन क्षेत्रीको परिवारलाई१६ लाख नगद सहयोग रकम हस्तान्तरण गरिएको छ । उपचारको क्रममा जापानको साईतामामा फेब्रुअरी ६ तारिखका दिन निधन भएका गल्कोट नगरपालिका ३ बोहोराफाँटका सबिन क्षेत्री(बोहोरा) को परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

गल्कोट नगरपालिका ३ बोहोराफाटका स्वर्गीय सविन बोहोराको परिवारलाई सामाजिक संस्था गल्कोट समाज जापान र बोहोराफाट समाज जापानको सकृयतामा संकलित रकम रु २९ लाख ८ हजार ९ सय ९ मध्ये रु १३ लाख १८ हजार ६ सय ५० उपचार र दाहसंस्कारमा खर्च भएको बोहोराफाट समाज जापानका सल्लाहकार रामु बोहोराले जानकारि दिए । बाँकी १६ लाख नगद सहयोग रकम नाबालिका छोरीको शिक्षा दीक्षा र पालन पोषणमा खर्चका लागी स्व. सबिनका बुबा बल बहादुर बोहोरा, श्रीमती मन्जु बोहोरा र छोरी आयुसीका नाममा संयुक्त बैङ्क खाता खोली जम्मा गर्ने निर्णय गरेको छ ।

गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री, गल्कोट समाज टोकियोका सचिव दुर्गा बहादुर खत्री ,गल्कोट समाज टोकियोका कोषाध्यक्ष राजु बस्नेत ,गल्कोट समाज टोकियो का सदस्य दिनेश थापा, बोहोराफाट समाजका सचिव पवन बोहोरा ,सल्लाकार राम बोहोरा, बोहोराफाट समाज जापानको सदस्य नारायण बोहोरा, प्रकाश बोहोरा र उपाध्यक्ष बिनोद बोहोराले सो रकम संयुक्त रुपमा स्वर्गिय बोहोराको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष खत्रीले समाजमा हुने हरेक कृयाकलाप र मानवीय सेवाका क्षेत्रमा सकृय रुपमा सहभागिता जनाउनु प्रशंसनीय कार्य भएको बताए । स्वर्गीय बोहोराको अल्प आयुमै मृत्युको खबर आउनु घरपरिवारलाई मात्र नभई सिङगो गाउ समाजलाई नै शोकमा डुबेको बताउदै शोकको घडीलाई शक्तिमा बदल्न बोहोराफाट समाजले गरेको समन्वय सराहनीय रहेको अध्यक्ष खत्रीको भनाई छ ।

आपत विपतमा थौरै भएपनि राहत होस भन्ने उद्देश्यले परिवारमा आर्थिक बोझ कम गर्व र नाबालिका छोरीको उज्वल भविष्यको कामना गर्दै जापानमा रहेका आफन्त र शुभेच्छुकहरुले उक्त रकम सहयोग गरेको बोहोराफाट समाजका सचिव पवन बोहोराले जानकारी दिए । राहत रकम ग्रहण गर्दै परिवारले सहयोगी संस्था गल्कोट समाज जापान र सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

स्वर्गिय बोहोराको श्रीमती र १ छोरी रहेका छन । समाजले बोहोराको निधनको खबर प्राप्त गरेपछि जापानमा आर्थिक संकलन अभियानलाई तीव्र पारिएको र बोहोराफाँट समाजले निकै समन्वयकारी भुमिका खेलेको गल्कोट समाज कान्तोका कोषाध्यÞक्ष राजु बस्नेतले बताए । छोटो समयमै झण्डै ३० लाख जापानी येन सङ्कलन गर्नका लागि अभियानमा अनवरत रुपमा लाग्नु भएका सम्पुर्ण पदाधिकारी र सहयोगी मनहरु प्रति गल्कोट समाजको तर्फ बाट समाजका महासचिव कृष्ण केसीले धन्यवाद व्यक्त गरे । राहत रकम हस्तान्तरण कार्यक्रम समाजको कान्तो कार्यसमिति सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *