जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन…

गल्ली नै हो सॉघुरै छ, छैन आठ,बाह्र लेन
जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन

अनगिन्ति इच्छा हरू, अनेक अभाव झेल्दै झेल्दै
कैले भीर कैले फॉट, कैले किनार संग खेल्दै
ध्यार ध्यार गर्दै अघि बढ्छ गाडी मेरो जीवनको
कैले इन्जिन ऑफै चल्छ कहिले भने ठेल्दै ठेल्दै

गल्ली नै हो सॉघुरै छ, छैन आठ,बाह्र लेन
जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन

लॉखौ करोड सपनाहरू खोतल्दै र पोको पार्दै
कैले मुस्कान बर्साउदै , कहिले ऑशु धारा झार्दै
दृष्य फेर्दै अघि बढ्छ सिनेमा यो जीवनको
आशाहरू गोडमेल गर्दै कैले चुडाएर मार्दै

गल्ली नै हो सॉघुरै छ, छैन आठ,बाह्र लेन
जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन

अनिल बराल
काठमाडौ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.