बिहुँ रामकोटमा आयोजना हुन लागेको राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिताको तयारी पुरा !

भरत सापकोटा, बिहूँ २०७५ फागुन १८ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँ कोटमा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिर रामकोटलाई धार्मिक पर्यटकीय स्थल रुपमा परिचित गराई आन्तरिक तथा बाह्यपर्यटकहरुलाई यस पवित्र भुमिमा भित्र्याउने साथै लोप हुदै गरेको संस्कृतिलाई संरक्षण गर्न टेवा पुर्याउने उद्देश्यले बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले भोलि फागुन १९ र २० गते आयोजना गरेको राष्ट्रिय खुल्ला लाेक भजन प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष कृष्ण प्रसाद कडेंलले ईबागलुङलई जानकारी दिए ।

महाशिवरात्रि पर्वको अवसरमा विभिन्न खेलकुद तथा यस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको यस खेलकुद केन्द्रले यो बर्ष राष्ट्रिय लोक भजन प्रतियोगिता आयोजना गरेको र हाल सम्म १९ टिम सहभागिताका लागि सम्पर्कमा आएको आयोजकले जानकारी दिए । विभिन्न प्रदेशहरुबाट सहभागिताका लागि सम्पर्कमा आएको पनि उनले बताए।

प्रचार प्रसार कै अभावमा ओझेलमा परेको यस मन्दिरमा रहेका ठुला शिवलिङ्ग र धार्मिक मान्यताको बिषय सबैलाई बुझाउनको लागि यो कार्यक्रम आयोजना गरेको बताउदै आज काठेखोला गाउँपालिकाका सबै वडाहरुमा बाईक रेली समेत सम्पन्न भएको सचिव सन्तोष पुनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.