प्रवास : कतार नेपाली एकता समाज साहानिया एरिया समितिको भेला सम्पत्र !

उद्धव मगर, दोहा कतार २०७५ फागुन १८ । हिजो मार्च १ तारिखका दिन साहानियाको यू.सि.सि क्याम्पमा मजदूरहरुको अत्याधिक उपस्थितीमा कतार नेपाली एकता समाज साहानिया एरिया समितिको भेला सम्पत्र भएको छ ।

कतार नेपाली एकता समाज साहानिया एरिया समितिका सदस्य धीरज परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुन मगर, अतिथी सचिवालय सदस्य टुकनाथ शर्मा, केन्द्रिय सदस्य गेकमान विश्वकर्मा, पत्रकार उद्धव मगरको उपस्थिती र यस कार्यक्रम सञ्चालक यसै एरियाका सचिव प्रिन्जल राईको सञ्चालनमा विभिन्न आरोह अबरोहका विचमा पनि आम सर्वहारा वर्गको मुक्तिको लागी आहुती दिने शहिदहरु प्रति एक मिनट मौनधारण पश्चात यस भेलालामा उपस्थित सम्पूर्णलाई आफ्ना भनाइ राख्दै एरियाका कोषाध्यक्ष गोपाल बूढाले स्वागत गरेका थिए ।

कार्यक्रम निरन्तर अगाडी बढेको भेलामा आर्थिक आयव्यय समितिका सचिव प्रिन्जल राईले प्रस्तुत गरेका थिए । यस सम्पन्न भेलाले पुर्ण ७ र दुई सल्लाहाकार गरी ९ सदस्यीय समिति चयन गरेको छ । जसमा पदाधकारीहरु अध्यक्ष – प्रिन्जल राई उपाध्यक्ष – धीरज परियार, सचिव –सरोज लावती, कोषाध्यक्ष – मिठुन चक्रवर्ती राजवंशी , तथा सदस्यहरुमा नरविर लिम्बु, तिल बहादुर वि.क, सागर खड्का, र सल्लाहाकार गोपाल बुढा, अमर खत्री रहेका छन् ।

यस कार्यक्रममा प्रमुख अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिदै विभिन्न विषयमा प्रष्ट पारेका थिए भने विशेष अतिथी टुकनाथ शर्माले र अतिथी गेजमान वि.क ले समपूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । अन्तमा कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष धीरज परियारले घोषणा व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *