गल्कोट घुम्टे पर्यटन विकास केन्द्रको छैटौँ साधारण सभा सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ फागुन १८ । पर्यटन विकास समृद्ध नेपालको आधार भन्ने नाराका साथ गल्कोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको छैठौ वार्षिक साधारण सभा आज हरिचौरमा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टेमा प्रर्यटनको पुर्बाधार बिकासको लागी सहज, पहुँच हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख गैरेले घुम्टेमा पर्यटनको पुर्बाधार बिकासको लागी मोटरबाटो तथा पदमार्ग निर्माण तथा मर्मत गरि निरन्तरता दिनुपर्नेमा जोड दिए । गैरेले घुम्टे लगाएतका गल्कोटका पर्यटकीय क्षेत्रको बिकास गर्न गल्कोट नगरपािलकाले सामुदायिक सस्था संग सहकार्य गर्ने बताए ।

कार्यक्रममा गल्कोट नगरपालिका ५ का बडाध्यक्ष नारायण ध्बज मल्ल, नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सदस्य फमलाल निउरे, सामुदायिक सेबा केन्द्र गल्कोटकी अध्यक्ष मन्जु शर्मा चालिसे लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

साधारसभामा सचिब शेर बहादुर थापाले केन्द्रको प्रगति प्रतिवेदन तथा प्रस्तावित निती तथा कार्यक्रम, कोषाध्यक्ष ज्ञान कुमारी खत्रीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिबेक्षणको प्रतिबेदन लेखा सयोजक पुर्ण चोखालले प्रस्तुत गरेका थिए ।

साधारण सभामा आगामी बर्ष केन्द्रले दोश्रो घुम्टे महोत्सब सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष राज बहादुर थापाको स्बागत तथा सचिब शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *