गजल गित : तिम्लाई मुना, मलाई मदन अझै पनि जाँचेको छु !

छुटेपनि तिम्रै यादमा पागल वनि वाँचेको छु ।
तिम्रै माया अझै पनि यो मुटुमा साँचेको छु ।।

जुनी जुनी संङ्गै हुनी हाँस्दा हाँस्ने रुँदा रुनी।
कसम भुली दुनियामा नत कतै नाचेको छु ।।

भर्खर मुना पलाएको मायाको वोट जर्काइ गयौ ।।
दिल्मा सारे तिम्ले जस्तो मैले कहाँ भाँचेको छु ।।

पराईको हात समाइ गयौ हाँसो खुशी लुटि लयौ।
तिम्लाई मुना, मलाई मदन अझै पनि जाँचेको छु।।

निर्मल पौडेल एन.पि.घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.