बालकुमारी भन्छिन, ‘श्रीमानले बन्दुकले हानेको होईन, रिसले बन्दुक फाल्दा पड्किएको हो !’

दिनेश शर्मा, बुर्तिवाङ २०७५ फागुन १८ । बडीगाड गाउपालिका-१० दर्लिङ पात्लेकटेरीमा श्रीमान चन्द्रबहादुर घर्तीले भरुवा बन्दुकले साँप्रामा गोली हानेर घाईते भएकी भनिएकी श्रीमती बालकुमारी घर्ती अहिले बुर्तिवाङमा छिन् ।

उनले प्रहरी समक्ष घटनाको दिन विहान हिउँ परेकोले खाना पकाउन ढीला भएको थियो, श्रीमान बाहिरबाट आएर किन खाना नपाएको भन्दै बन्दुक फाल्दा मेरो खुट्टामा ठोकिएर पड्किएको बताएकी छन् । उनले हामीबीच कुनै रिसिबी छैन, रिसिबीले हानेको होईन पनि भनेकी छन् ।

ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक राजु लामाका अनुसार महिलाको साँप्राका खासै ठुलो चोट नलागेको सामान्य रहेको जानकारी दिए । बन्दुक भने आफु बिबाह गरेर आउदा देखी नै घरमा रहेको प्रहरीलाई बताएकी छन् ।

भिङगिठे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रनानि भोजबहादुर बानियाँले हिजो अबेर राति ११ बजेमात्र महिलालाई बुर्तिवाङ ईप्रकामा ल्याईएको बताए ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. कृष्णहरि श्रेष्ठले पनि महिला सामान्य अवस्थामा रहेका ईबागलुङलाई बताए । बिहान १० बजे सम्पर्क गर्दा एक्सरे गर्न अहिले बिजुली नभएकोले ११ बजे पछीमात्र बिजुली आएपछी एक्सरे गर्ने डा श्रेष्ठको भनाई थियो ।

भरखरमात्र स्वास्थ्य केन्द्रमा फोनसम्पर्क गर्दा महिला ८ महिनाको गर्भ (गर्भाष्ठे) भएकोले एक्सरे गर्न नमिल्ने डा. श्रेष्ठको भनाई उधृत गर्दै सिनियर अहेब (अधिकृत) ऋतुवण पौडलले ईबागलुङलाई बताए ।
दर्लिङमा श्रीमतीको साँप्रामा गोली हानी श्रीमान फरार, घाईते श्रीमती २४ घण्टा देखी घरमै, प्रहरी घटनास्थलमा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.