दीपक प्राविको स्वर्ण महोत्सव सम्पन्न : नगरप्रमुख नेपालीबाट रु १ लाख ५ हजारको अक्षयकोष स्थापना !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ फागुन १८ । ढोरपाटन नगरपालिका ४ खुंगामा रहेको दीपक प्राथमिक विद्यालयको स्वर्ण महोत्सव शुक्रबार सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवका प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिका नगर प्रमूख देवकुमार नेपालीले महोत्सवको उद्घाटन गर्दै विद्यालयको भौतिक संरचना निर्माणको जिम्मेवार नगरपालिका रहेको र विद्यालयको शैक्षिक स्तर सुधारमा मुख्य भुमिका शिक्षकको रहने भएकाले शिक्षकहरु बढी क्रियाशिल हुनुपर्ने बताए । सो अवसरमा नगरप्रमुख नेपालीले शैक्षिक स्तर सुधारका लागि विद्यार्थी पनि सिकाइमा सक्रिय हुनुपर्ने र त्यसका लागि घरमा पनि अभिभावकले बालबालिकालाइ अध्ययन गर्न उपयुक्त वातावरण बनाउन सुझाव समेत दिए ।

उक्त विद्यालयको लागि आवश्यक पर्ने २ कोठे भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने वातावरण निर्माण गर्ने पनि उनको भनाइ थियो । भवन निर्माणका लागि छुट्याइएको बजेट कतिपय ठाउँमा दुरुपयोग हुने गरेको स्मरण गराउदै नगरप्रमुख नेपालीले सबैले विकासका लागि विनियोजित बजेट सदुपयोग गर्नुपर्ने बताए ।

विद्यालयको गुणस्तर वृद्धिका लागि आफ्नो सदैव साथ रहने विश्वास दिलाउदै नगरप्रमूख नेपालीले विद्यालयमा व्याक्तिगत रुपमै १ लाख ५ हजार रुपैयाको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरे ।

कार्यक्रममा ढोरपाट नगरपालिका उपप्रमूख करमती पुन वडा ४ का वडाध्यक्ष तिलक पुन छोरेगाउ माविका प्रअ ताराप्रसाद कडेल पुर्व शिक्षकहरु ज्ञानप्रसाद कडेल धन बहादुर कुवर समाजसेवी गणेस थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको औपचारिक उद्घाटन आज गरिएपनि विद्यालयको प्रतियोगितात्मक कार्यक्रम भने मंगलबार बाटै सुरु गरिएको थियो । जसअनुसार प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगितामा दिपक प्रावि प्रथम र छोरेगाउ मावि द्धितिय भएको छ । प्रावि तहको हिसाब दौड प्रतियोगितामा पनि दिपक प्रावि प्रथम र छोरेगाउ मावि द्धितिय भएका छन् । लोक नृत्य प्रतियोगितामा छोरेगाउ मावि प्रथम र प्रकास मावि द्धितिय भएको छ । कार्यक्रममा विजयी सबैलाइ आजै पुरस्कार वितरण गरिएको छ । यस्तै आजै विद्यालयका चन्दादाता जग्गादाता पूर्वशिक्षक पुर्व विव्यस अध्यक्ष लगाएतलाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विव्यस अध्यक्ष केशरी घर्तीको अध्यक्षता शिक्षिका तीलकुमारी खत्रीको स्वागत मन्तव्य र शिक्षक खिमप्रसाद हर्मेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *